पहिलो महिला कानुन सचिव बन्ने अवसरबाट बञ्चित लीलादेवीको मुख्यसचिवमा रेकर्ड ब्रेक

मुलुकले पहिलो पटक महिला मुख्य सचिव पाएको छ । हिजो बसेको क्याविनेट बैठकले लीलादेवी गड्तौलालाई मुख्य सचिव नियुक्त गरेको हो । यस अघिका मुख्य सचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्धा लागेर निलम्बनमा परेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिनियर सचिव लिलादेवीलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिएको थियो,प्रचण्ड सरकारले ।

बिज्ञापन

केपी ओलीको सरकारले ३१ गते उनलाई कामु मुख्यसचिवको रुपमा नियुक्त गरेको थियो सो को ११ दिनपछि गड्तौलालाई मुख्यसचिवको जिम्मेवारी दिएको हो । हालसम्म २७ जना मुख्यसचिव बने,जसमा लीलादेवीले रेकर्ड ब्रेक गरेकी हुन । नेपालको निजामती प्रशासनमा २६ जना मुख्यसचिव बनिसके, तर एक जना पनि महिलाले यो अवसर पाएका थिएनन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा १७ वर्षभन्दा लामो समय काम गरेकी लीलादेवी गड्तौलाको सपना थियो– कानुन मन्त्रलायको सचिव बन्ने । गड्तौला मन्त्रालयको सचिव भएको भए पहिला महिला कानुन सचिव हुने थिइन् । तर बैकुण्ठ अर्यालको कोपभाजनमा परेर उनी पहिलो महिला कानुन सचिव बन्न सकिनन् । उनी सचिवका रुपमा कुनै मन्त्रालयको जिम्मेवारी नलिई एकै पटक मुख्यसचिव बनेकी छन् ।

बिज्ञापन

जीवनका लामो समय कानुनी सेवामै काम गरेकी लीलादेवी कानुन सचिव बन्न चाहन्थिन । कानुनसचिव बन्न गड्तौलालाई पछिल्लोपटक रोक्ने खास पात्र थिए– वैकुण्ठ अर्याल । अवकाशको सम्मुखमा आयोग पठाउन खोज्ने पनि उनै थिए । मुख्यसचिव भएको बेला अर्यालबाट निकै पेलानमा परेकी गड्तौला उनकै कारण मुख्यसचिव हुने मौका पाएकी छन् । उमेर हदका १४ भदौ २०८१ मा अवकाश हुँदै गरेकी गड्तौलालाई कानुनसचिव हुन नदिएपछि अवकाशको दिनगन्तीमा थिइन् । तर अवकाशमा जानु ३५ दिन अघि मुख्यसचिवको जिम्मेवारी पाएकी छिन्,उनले ।

तेह्रथुमको पिप्लेमा १५ भदौ २०२३ मा जन्मिएकी गड्तौलाले सिंह वाहिनी माध्यमिक विद्यालयमा विद्यालय तहको अध्ययन पूरा गरेकी थिइन् । गड्तौलाले नेपाल ल क्याम्पसबाट आईएल र बीएल तथा काठमाडौं स्कुल अफ लबाट ह्युमन राइट्स एन्ड जेन्डर जस्टिसमा स्नातकोत्तर गरेकी छिन् । साथै, गड्तौलाले राजनीतिशास्त्रमा समेत एमए गरेकी छन् । २०५२ पुसमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी हुन गड्तौला । न्याय सेवामा कानुन अधिकृतमा एक नम्बरमै नाम निकालेकी थिइन् । उपसचिवमा प्रतिस्पर्धा गर्न पाइनन्, फाइल बढुवाबाट उपसचिव बनिन् । सहसचिवको प्रतिस्पर्धामा भने उनले एक पटक फेल भएकी उनी दोस्रोपटक नाम निकाल्न सफल भइन् । २०६३ कात्तिकमा उपसचिव, २०७० माघमा सहसचिव र २०७७ कात्तिकमा सचिवमा बढुवा भएकी थिइन् ।

बिज्ञापन

गड्तौलाले देवानी संहिता मस्यौदा कार्यदल सदस्य रहेर काम गरेकी छन् । गड्तौलाले करिब १७ वर्ष कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा काम गरेकी छन् । उनी विशेषतः विधेयक मस्यौदामा दक्खल राख्छिन् । गृह मन्त्रालय, जलस्रोत मन्त्रालय, ऊर्जा मन्त्रालय, उद्योग मन्त्रालय, परराष्ट्र मन्त्रालय र निर्वाचन आयोगमा समेत काम गरेको अनुभव उनीसँग छ ।

‘मैले जिम्मेवारीवोध भएको महसुस गरेको छु, मैले कल्पना गरेको पद होइन’, मुख्यसचिव नियुक्तिपछि एक सार्वजनिक कार्यक्रममा गड्तौलाले भनिन्, ‘कसैले भाग्यले भन्छन्, कसैले कर्मले, मैले बुझेसम्म कर्म गर्दै जानुपर्छ, भाग्यले पनि साथ दिन्छ ।’

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।