८८ किलोमा उम्किएका बडू राजस्व अनुसन्धानको फन्दाम

राजश्व अनुसन्धान विभागले राजस्व छल्ने ७ जनाविरुद्ध साढे ३ करोड रुपैयाँ भन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

बिज्ञापन

विभागले प्रतिवादीहरू महाकाली नगरपालिका–३, दार्चुलाका ४७ वर्षीय गणेशदत्त बडू, बिर्तामोड–३, झापाका ३० वर्षीय दिनेश खरेल, अमोल विठ्ठल विभूते, ऋषिकेश प्रकाश विभूते, भरतराज खरेल र आयुष बड्डु तथा कानुनको विवादमा परेका एक बालकसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

बिज्ञापन

उनीहरुले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ विपरीत काम गरी ऐनको दफा ४ (छ) बमोजिमको कसुर गरेको पुष्टि भएको थियो । सोही कसुरमा ७ जनाविरुद्ध ३ करोड ५० लाख १५ हजार ५४१ बिगो कायम गरी मुद्दा दायर गरिएको हो ।

अनुसन्धानका क्रममा पक्राउ परेकामध्ये गणेशदक्त बडू ७ वर्षअघि ८८ किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेको छुटेको व्यक्ति भएको खुलेको छ ।

बिज्ञापन

केरुङ नाकाबाट भित्रिएको सुनसँगै गाडी चालक मकवानपुरका गणेश अधिकारी पक्राउ परेका थिए । अनुसन्धानका क्रममा प्रहरीले ४ असाेज २०७४ मा बडूलाई पनि नियन्त्रणमा लियो ।बडू ५ लाख रुपैयाँ धरौटीमा छुटे ।

१९ भदौ २०७४ मा तत्कालीन काठमाडौं उपत्यका अपराध महाशाखाको टोलीले क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको थियो । यतिधेरै सुन बरामद भएको त्यो पहिलो पटक थियो ।  भीआईपी लेखिएको स्टिकर टाँसिएको बा १७ च ६४२७ नम्बरको गाडीबाट ८८ किलो सुन बरामद गरेको थियो ।

प्रतिवादीहरूलाई ऐनको दफा २३ (१) बमोजिम जरिवाना तथा दफा २३ (१) (ख) बमोजिम कैद सजाय समेतको मागदावी गरी उच्च अदालत पाटनमा र काठमाडौँ जिल्ला अदालतमा अभियोग दायर गरिएको हो ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष