नेपालको प्रशासनिक इतिहासमा लीलादेवीको रेकर्ड ब्रेक :- बनिन पहिलो महिला मुख्यसचिव

नेपालको प्रशासनिक इतिहासमा लीलादेवी गड्तौलाले रेकर्ड ब्रेक गरेकी छिन् । बैकुण्ठ अर्याललाई भ्रष्टाचार मुद्धा लागेर उनी निलम्बनमा परेसँगै निमित्त मुख्यसचिव कायम मुकायम मुख्यसचिव हुँदै उनी पहिलो महिला मुख्यसचिव बनेर रेकर्ड ब्रेक गरेकी हुन ।

बिज्ञापन

आज बसेको मन्त्रिपरिषद्ले कामु मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको छ । नेपालको प्रशासनिक इतिहासमा महिला मुख्यसचिव बनेको यो पहिलोपटक हो । यस अघि केपी ओली सरकारले गड्तौलालाई निमित्त मुख्य सचिबाट कामु मुख्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

बिज्ञापन

गत असार ९ गते बैकुण्ठ अर्याललाई अन्तस्शुल्क प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि मुख्य सचिव पद रिक्त थियो । असार १० गतेदेखी प्रधानमन्त्री कार्यालयको बरिष्ठ सचिवको रुपमा गड्तौताले निमित्त मुख्य सचिवको जिम्मेवारी समाल्दै आएकी छन् ।

२०७७ साल कार्तिक २७ गते कानून समुह अन्तर्गत सचिवमा बढुवा भएकी गड्तौला निजामति प्रशासनको उच्च तहमा पुग्ने पहिलो महिला कर्मचारीका रुपमा रेकर्ड ब्रेक गरेकी हुन ।

बिज्ञापन

२०२३ साल भदौ १५ मा तेर्‍हथुममा जन्मेकी गड्तौलाको हालको ठेगाना सोलुखुम्बुको सल्यान हो । २०५२ सालमा न्याय सेवा अन्तर्गत कानुन समूहबाट शाखा अधिकृतबाट निजामती सेवामा पाइला राखेकी हुन र २९ बर्षको सरकारी सेवा पछि उनी निजामती सेवामा रेकर्ड राख्ने महिला बन्न सफल भएकी छिन् ।

शाखा अधिकृतमा पहिलो नम्बरमा उत्तिर्ण गड्तौला २०६३ मा उपसचिव, २०७० मा सहसचिव,२०७७ मा सचिव र २०८१ असार ३१ मा कामु मुख्यसचिव बनेकी हुन् । २०७७ कात्तिक २७ गतेदेखि उनी सचिवको रूपमा कार्यरत छिन्। कानुन समूहका प्रायः अधिकृत न्यायाधीशले बन्ने अवसर पाउँछन्। गड्तौलाले भने न्यायाधीशमा रूचि देखाइनन् । कानुनमा स्नातकोत्तरसम्म अध्ययन गरेकी उनी उमेर हदका कारण उनी आउँदो भदौ १५ बाट सेवा निवृत्त हुनेछिन् । उनी अबको करिब ३५ दिन मात्र उनी मुख्यसचिव रहनेछिन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्यका रैथाने कर्मचारीलाई चलाउने हिम्मत गरेन, दृष्टिविहीन उपसचिवलाई पठायो स्थानीय तह

परराष्ट्र सचिव राई भन्छन् : जीएसआईमा नेपालले कुनै सहमति गरेको छैन

आत्मचेतनाद्वारा जीवनको नैतिक रूपान्तरण

मन्त्रीज्यू, यी रैथाने कर्मचारीहरूलाई हटाउन सक्नुहुन्छ ?

१७ सहसचिव,१३ उपसचिवको सरुवा

महिला कर्मचारीको टिम बनाउँदै मन्त्री

अब प्रदेशमा कार्यरत अस्थायी र करार सेवाका कर्मचारीलाई मासिक पाँच हजार भत्ता

दुई सातामै फेरिए सिडियो,चितवनमा अर्याल, तिवारीलाई भोजपुर

बिशेष