फेरि भकुण्डो बन्न लागे कर्मचारीहरु

सरकार परिवर्तनपिच्छे भकुण्डोझैँ यताबाट उता र उताबाट यता फालिने गरिएका कर्मचारीका हाकिमहरूमाथि फेरि अर्को प्रहार शुरु हुने भएको छ । केही दिन सचिव र सहसचिवहरूको नाडी छामिसकिएकाले सरकारले केही सहसचिवको सरुवा गर्न लागेको बताइन्छ ।

बिज्ञापन

प्रचण्ड सरकारको समयमा कमाऊ अड्डामा पुगेका सहसचिवहरु वर्तमान सरकारको हिट लिष्टमा छन् । तत्काल सचिवहरु हेरफेर हुने सम्भवना कम छ । कारण काँग्रेस एमालेका गठजोड रहेका कारण अधिकांश प्रशासक काँग्रेस र एमाले निकटका छन् । माओवादी निकटका उच्च प्रशासक निकै थोरै छन् । जसमा सञ्चार सचिव र उद्योग सचिव माओवादी निकट मानिन्छन् । तिनलाई तत्काल नचलाउने,केही दिन नाडी छामेर अदल बदल गर्ने तयारी छ ।

बिज्ञापन

नेपालमा पछिल्लो सात दशकमा ठुलठूला राजनीतिक परिवर्तनहरु भए । शासन व्यवस्था बदलियो । तर, मुलुकको स्थायी सरकार मानिने कर्मचारीतन्त्र भने अहिले पनि पुरानै संरचनामा चलिरहेको छ ।
निजामती प्रशासनलाई समयानुकूल बनाउँदै लैजानुपर्नेमा पुरानै सोच,शैली र संगठनात्मक संरचनामा चलाइँदा राजनीतिक परिवर्तनका एजेण्डा कार्यान्वयन हुन सकेको छैन । जसका कारण व्यवस्थामाथि बारम्बार प्रश्न उठ्ने गरेको पाइन्छ । यसको मुख्य जिम्मेवार भने राजनीतिक नेतृत्व नै हो । परिवर्तनपछि मुलुकको गन्तव्य तय गर्ने र कर्मचारीतन्त्रलाई सोही अनुकूल रुपान्तरण गर्ने सार्थक पहल राजनीतिक नेतृत्वले गरेन । त्यसैले नेपालको कर्मचारी प्रशासन आज पनि पुरानै मनोविज्ञानमा घिस्रिइरहेको छ ।

नेपालमा पछिल्लो सात दशकमा ठुलठूला राजनीतिक परिवर्तनहरु भए । शासन व्यवस्था बदलियो । तर, मुलुकको स्थायी सरकार मानिने कर्मचारीतन्त्र भने अहिले पनि पुरानै संरचनामा चलिरहेको छ ।

बिज्ञापन

निजामती प्रशासनलाई समयानुकूल बनाउँदै लैजानुपर्नेमा पुरानै सोच,शैली र संगठनात्मक संरचनामा चलाइँदा राजनीतिक परिवर्तनका एजेण्डा कार्यान्वयन हुन सकेको छैन । जसका कारण व्यवस्थामाथि बारम्बार प्रश्न उठ्ने गरेको पाइन्छ । यसको मुख्य जिम्मेवार भने राजनीतिक नेतृत्व नै हो । परिवर्तनपछि मुलुकको गन्तव्य तय गर्ने र कर्मचारीतन्त्रलाई सोही अनुकूल रुपान्तरण गर्ने सार्थक पहल राजनीतिक नेतृत्वले गरेन । त्यसैले नेपालको कर्मचारी प्रशासन आज पनि पुरानै मनोविज्ञानमा घिस्रिइरहेको छ । राजनीतिक नेतृत्वले देखेको परिवर्तनको बाटोमा मुलुकलाई हिंडाउन कर्मचारी प्रशासनलाई बदल्न नसक्नु नै आजको मुख्य समस्या हो । ०६२/ ६३ सालको आन्दोलनपछि गणतन्त्र आयो । देश संघीयतामा गयो । तीन तहका सरकार अभ्यासमा आए ।

नेपालको कर्मचारीतन्त्रमा कार्यशैलीगत समस्या पनि छ । ‘राजाको काम कहिले जाला घाम’ प्रवृत्तिले बद्नाम भएको निजामती प्रशासनलाई सुधार्न कानुनी व्यवस्थाले मात्र सम्भव हुँदैन । एउटै फाइल दर्जनौँ टेबलमा घुमाएर काममा ढिलासुस्ती गर्ने परिपाटी नेपालको निजामती क्षेत्रको ठूलो रोग हो । राजनीतिक परिवर्तनले यस्ता प्रवृति पनि सुधार गर्न सक्नुपर्थ्यो । तर, राजनीतिक नेतृत्वले त्यो आँट र हिम्मत गर्न नसकेकै कारण ब्युरोक्रेसी लथालिङ्ग बनेको हो । कर्मचारीलाई आफू अनुकूल प्रयोग गर्न खोज्ने राजनीतिक नेतृत्व र राजनीतिक नेतृत्वलाई खुशी तुल्याएर बढुवा हुन सकिन्छ भन्ने मान्यता राख्ने कर्मचारीतन्त्र दुवै यसका बराबर दोषी हुन् ।

प्रशासन सुधारका लागि केही पनि प्रयास हुँदै नभएको भने होइन । हालका उर्जामन्त्री पम्फा भुसाल सामान्य प्रशासन मन्त्री हुँदा ०६४/६५ सालतिर प्रशासनिक सुधारसम्बन्धी बनेको कार्यदलले अध्ययन प्रतिवेदन बुझाएको थियो । त्यसपछि पनि बेलाबेला समिति बनाउने र प्रतिवेदन सार्वजनिक गर्ने काम भैरहेका छन् । तर, कार्यान्वयनमा भने ल्याइएको छैन । बनेका कानुन,निर्देशिका, नियमावली पनि कार्यान्वयन हुँदैन ।

व्यावसायिकताको अभाव नेपालको कर्मचारीतन्त्रको अर्को ठूलो समस्या हो । विज्ञ कर्मचारी उत्पादन गर्ने र उसलाई सोही क्षेत्रको जिम्मा दिने अभ्यास अहिलेसम्म शुरु भएको छैन । छिमेकी भारतमै हेर्ने हो भने सेवा समूहका रुपमा जो जुन क्षेत्रको विज्ञ हो, त्यहि सेवामा प्रवेश गर्छ र त्यहाँबाटै अवकाश लिन्छ । हामीकहाँ तीन दशक गृह प्रशासनमा काम गरेको कर्मचारीलाई फुत्त तानेर अर्थमा ल्याइन्छ । लामो समय अर्थमा काम गरेर कपाल फुलाएकालाई सिडियो बनाएर जिल्लामा पठाइन्छ । यसले एकातिर कर्मचारीको विज्ञताको प्रवर्धन गरेको हुँदैन भने अर्कोतिर राज्यले पनि खोजेको परिणाम पाइरहेको हुँदैन ।

प्रचण्डले १९ महिना सत्ता चलाउँदा कर्मचारीहरुलाई भकुण्डो बनाए । वित्रता एकातिर जिम्मेवारी अर्कैतिर दिने रोग यस अगाडि देखि नै मौलाइहरेको छ । ३२ वर्ष अर्थ मन्त्रालयअन्तर्गतका विभिन्न अड्डामा काम गरेर अनुभव बटुलेका प्रशासकहरुलाई राजनीतिक नेतृत्वको स्वार्थका लागि कहिले महालेखा नियन्त्रकको कार्यालय त कहिले दिल्लीको दूतावास पुर्याइएको हुन्छ । त्यहि कर्मचारीलाई फेरि राष्ट्रिय सतर्कता केन्द्रमा ल्याएर श्रम विभागको महानिर्देशक बनाइएको उदाहरण पनि छ । यो कर्मचारीको विज्ञतामाथि उपहास हो कि हैन ? जीवनभर गृह चलाएको कर्मचारीलाई अर्थमा पुर्याइएको देखिन्छ । अर्थका अनुभवीलाई सिडियो बनाएर खटाएको भेटिन्छ ।

ाप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले केही महानिर्देशकहरूको पनि सरुवा गर्ने तयारी गरिएको छ । अहिले ठूला भनिएका कमाउ अड्डामा माओवादी निकटका प्रशासकहरु हाकिम छन्,उनीहरुलाई सरुवा गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तयारी छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

३२ जना शाखा अधिकृतको सरुवा

इन्जिनियरहरूको सरुवा

दुर्गा प्रसाईंलाई २८ लाख धरौटीमा छाड्न आदेश

श्रम इजाजतका लागि अब ‘श्रम संसार पोर्टल’ र ‘एप’मा विज्ञापन राख्न अनिवार्य

स्वास्थ्यमा २१ सय दरबन्दी थप्ने तयारी,कुन तहमा कति थपिन्छन् ?

एमालेले कर्मचारी,काँग्रेसले सभापति जोगाउन खोज्दा …

घुम्ती कोषको २० करोड गायब

कर्मचारीले हस्ताक्षर गर्न नमान्दा प्रतिवेदन प्रमाणीकरणमा ढिलाइ

बिशेष