प्लेन दुर्घटनामा ज्यान गुमाएकी प्रिजा उर्जा मन्त्रालयको कर्मचारी

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा उर्जा मन्त्रालयको एक कर्मचारी समेत परेकी छिन् । आज बिहान भएको दुर्घटनामा परेर १८ जनाको ज्यान गएको छ ।
दुर्घटनामा ज्यान गुमाउने अमित महर्जन, सागर आचार्य, दिलिप बर्मा, मणुराज शर्मा, आश्विन निरौला, सुदीपलाल जोशी, सर्वेश मरासैनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही, आरिफ रेडा रहेका छन् ।

बिज्ञापन

सौर्य एयरलाइन्सको जहाजमा सवार सबै एयरलायन्सका कर्मचारी भएको दावी गरे पनि उक्त दावी झूठो ठहरिएको छ । एयरलायन्सले निकालेको सूचीमा ११ औं नम्बरमा प्रिजा खतिवडाको नाम देखिन्छ तर उनी सौर्य एयरलायन्सको कर्मचारी नभइ उर्जा मन्त्तालय सिंहदरबारमा कार्यरत रहेको भेटिएको छ । एयरलायन्सले जहाजमा सवार र ज्यान गुमाएका १८ जना आफ्नो कर्मचारी भएको दावी गरे पनि उक्त दावी झूठो ठहरिएको हो । उक्त दुर्घटनामा परेर ज्यान गुमाउने प्रिजा खतिवडा उर्जा मन्त्रालयको कर्मचारी रहेको उर्जा मन्त्रालयमा उर्जा सचिवको सचिवालयमा कार्यरत रहेको भेटिएको छ ।

बिज्ञापन

एयरयालयन्सले प्रिजालाई समेत एयरलायन्सकै कर्मचारी भएको जनाए पनि उनी उर्जा मन्त्रालयको कम्युटर अपरेटरको रुपमा कार्यरत रहेको मन्त्रालयले जनाएको छ । उर्जा मन्त्रालयका अनुसार प्रिजाले आजै करार नविकरण पत्र लिने तयारी हुँदै थियो । तर अकस्मात उनी श्रीमान र छोराका साथै पोखरा उडानमा निस्कन लाग्दा दुर्घटनामा परेर ज्यान गुमाएका छन् ।उनका श्रीमान मनुराज प्राविधिक भएको जनाइएको छ ।

बिज्ञापन

 

प्राधिकरणका अनुसार सीआरजे ७ (रजिस्ट्रेसन–एनएएमई) जहाज बिहान ११ बजेर ११ मिनेट जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो । दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा १८ जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ । यस्तै पाइलट मनिषरत्न शाक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ ।सी चेकका लागि पोखरा जान लागेको जहाज आज बिहान ११ बजे उड्नेबितिक्कै दुर्घटनामा परेको हो ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।