सचिवले कमिसन मागे,मुख्यमन्त्रीले धम्काए

कोशीका पूर्व मुख्यमन्त्री र प्रदेशका सचिवबीचको लफडा अहिले सतहमा आएको छ । पूर्वमुख्यमन्त्रीले धाक धम्की दिएको भन्दै प्रदेश सचिव न्याय खोज्दै प्रहरी प्रशासन र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् भने पूर्वमुख्यमन्त्रीको सचिवालयले खण्डन गर्दै सचिवमाथि गम्भीर आरोप लगाएको छ ।

बिज्ञापन

मंगलबारमात्र,कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई शौचालयमा थुन्ने र कुटपिट गर्ने धम्की दिएको जिल्ला प्रशासन कार्यालय मोरङमा मंगलबार उजुरी दिँदै सुरक्षा मागेका छन्।पूर्वमुख्यमन्त्री कार्कीले सोमबार साँझ ४ बजेर ५३ मिनेटमा आफूलाई फोन गरेर कुटपिट गर्ने र शौचालयमा थुन्ने धम्की दिएको भन्दै भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङ र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षाको माग गर्दै निवेदन दिएको  बताएका छन्।विराट गोल्डकपका लागि मुख्यमन्त्री हुँदा घोषणा गरेको २५ लाख रकम सचिवले रोकेको भन्दै कार्की आफूमाथि खनिएको भट्टराईको भनाइ छ।

बिज्ञापन

यता,सो प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीको सचिवालयले भने उनै सचिवमाथि संगीन आरोप लगाउँदै विज्ञप्ति निकालेको छ । पूर्वमुख्यमन्त्री कार्कीका स्वकीय सचिव दिवस राजवंशीले प्रदेश सचिव लक्ष्मीप्रसाद भट्टराईले सेवाग्राहीबाट कमिसन मागेको संगीन आरोप लगाइएको छ । राजवंशीले विज्ञप्ति जारी गर्दै उनले सचिवलाई अनर्गल प्रचार गरेका कारण सचेतमात्र गराइएको भनेका छन् ।

विज्ञप्तिमा भनिएको छ, विराटनगरमा सम्पन्न विराट गोल्डकप र कोशी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता लगायतका खेलकुद गतिविधिको भुक्तानीका लागि बजेट रकमान्तर गराई मन्त्रिपरिषदको निर्णय गरी रकम भुक्तानीको लागि मन्त्रिपरिषद निर्णयका लागि टिप्पणी उठाएर अर्थ मन्त्रालयको सहमतिसमेत लिइसकेको र त्यसपछि सचिव भट्टराईले खेलकुद क्षेत्रका लागि रकमान्तर भएर आएको एक करोड ६६ लाख रकमबाट मुख्यमन्त्रीको नाममा समेत सेवाग्राहीबाट कमिसन मागेका थिए। तर कमिसन रकम हात नपरेपछि सचिव भट्टराईले मन्त्रिपरिषदमा प्रस्ताव लग्न छाडेर काठमाडौं जानुभएको र लामो समय विदामा बसेको अहिले खेलकुद गतिविधिमा संलग्नहरूले गुनासो गरिरहनुभएको अवगत गराउन चाहन्छु।’

बिज्ञापन

सोही समयमा पूर्वमुख्यमन्त्री कार्की सरकारबाट हट्नुभयो। तर विराट गोल्ड कप, क्रिकेट आयोजक समिति लगायतलाई सचिव भट्टराईले पूर्वमुख्यमन्त्रीज्यूले माग्नुभएको कमिसन रकम नदिनुभएकोले बजेट निकास नभएको भन्दै बदनाम गराउने मन्सायले अनर्गल कुप्रचार गराइरहेको सूचना प्राप्त भएपछि पूर्वमुख्यमन्त्री कार्की ज्यूले २०८१ साउन ७ गते सोमबार सचिव भट्टराईलाई फोन गरेर सचेत गराएको स्पष्ट पार्न चाहन्छु।’

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।