सर्वोच्चभित्रै महिला प्रहरीलाई भुत्लाइयो

सर्वोच्च अदालत परिसर भित्रै प्रहरीलाई कुटपिट गरेको आरोपमा एक महिला पक्राउ परेका छन् । सर्वोच्चको इजलासमा कार्यरत कर्मचारीसँग रिट निवेदनको फैसलाको नक्कल लिने विषयमा विवाद भएपछि रीता नाम बताउने लुमा चौधरीले महिला प्रहरीलाई कुटपिट गरेका थिए ।

बिज्ञापन

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीकानुसार आज अपराह्न भएको उक्त घटनामा संलग्न रहेको आरोपमा चौधरीलाई पक्राउ गरिएको हो। सर्वोच्च अदालतका बेन्च सहायक देवीप्रसाद प्रधानसँग छत्रप्रसाद लुइँटेलको रिट निवेदन फैसलाको नक्कल लिने विषयमा भनाभन भएपछि सुरक्षाकर्मी बोलाई सोधपुछ गर्ने क्रममा चौधरीले सर्वोच्च अदालत सुरक्षा एकाइमा कार्यरत महिला प्रहरी कर्मचारीमाथि हातपातका साथै अभद्र व्यवहार गरेपछि पक्राउ गरिएको प्रवक्ता अधिकारीले बताए।

बिज्ञापन

फैसलाको नक्कल लिनका लागि आएको बताएपनि आफूलाई वकिल तथा वारेस बताउने ती महिलाले आफ्नो परिचय पत्र देखाउन नमानेपछि सुरुमा कर्मचारीसँग सवाल जवाफ भएको थियो । विवाद चर्किएपछि त्यहाँ पुगेका पुरुष प्रहरीलाई पनि जथाभावी बोलेपछि उनले महिला प्रहरीलाई बोलाएका थिए । प्रहरीमाथि हातपातमै उत्रिएकी चौधरीलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परेको थियो । अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न हाल सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष