तीन वर्षसम्म राजनीतिक कोपभाजनमा परेर अन्यत्र सरुवा नपाएपछि नेपाल न्याय सेवाका सचिव तोयानाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत भइसकेको र उनको ठाउँमा रक्षा मन्त्रालयका एक जना सहसचिवलाई बढुवा गरेर पठाउने तयारी गरेको प्रधानमन्त्री कार्यालय निकट स्रोतले जानकारी दिएको छ ।
बिज्ञापन
आगामी आगामी २८ मंसिरमा ५८ वर्षीय उमेर हदका कारण अवकाश जानुपर्ने अधिकारीले पाँच महिना अघि नै राजीनामा दिएपछि आज बिदाइ गरिएको हो । अधिकारी अहिले नेपाल कानून आयोगको सचिवको जिम्मेवारीमा थिए । उनको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृति गरेपछि आइतबार नै कानून आयोगले अधिकारीलाई औपचारिक कार्यक्रमकाबीच बिदाइ समेत गरेको आयोगले जनाएको छ ।
बिज्ञापन
२०७७ चैत ५ गते सचिवमा बढुवा भएका अधिकारीले झन्डै ३ वर्ष ४ महिना सचिव भएर काम गरे । यसअघि सत्य निरुपण तथा मेलमिलाप आयोग र नेपाल कानुन आयोगमा सचिवको भूमिकामा निभाएका थिए । अधिकारी कानुन सचिव बन्ने दौडमा थिए । तर, पाएनन् । अधिकारीले मुख्यसचिव बैकुण्ठ अर्यालकै समयमा राजीनामा दिए पनि रोकेर राखिएको थियो ।