पूर्वमन्त्रीले भने :-‘मैले हिजो मात्रै ५ हजार घुस दिएँ, कसैले पत्याउँछ ?’

पूर्व मन्त्री वीरेन्द्रकुमार महतोले देशमा सरकारी कार्यालयमा घुसबिना कामै नहुने बताएका छन् । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै महतोले हिजो मात्र आफ्नो छोराको प्रमाणपत्रका लागि पाँच हजार घुस दिनुपरेको बताएका हुन ।

बिज्ञापन

प्रचण्ड सरकारका वनमन्त्री समेत रहेका उनले भने हाम्रो देशमा भ्रष्टाचारले यति ठूलो जरो गाडेको छ। एउटा सानो उदाहरण दिन चाहन्छु । म भूपू मन्त्री । हिजो शिक्षा मन्त्रालयको सानो ठिमीमा पाँच हजार घुस दिएर आएको छु कसले पत्याउँछ ? ’, उनले भने, ‘ पत्याउनुहुन्छ ? मेरो छोराको सर्टिफिकेट इकुभ्यालेन्ट गर्नुपर्ने थियो । ११ बजे पठाएको ३ बजेसम्म गर्दिएन ।’

बिज्ञापन

उनले कर्मचारीले यो मिलेन त्यो मिलेन भनेपछि आफै गएर सबै कागजात पेस गर्दा पनि अधिकृतले कागज नमिलेको भन्ने जवाफ पाएको बताए । मैले ११ बजे पठाएको तीन बजेसम्म गर्दिएनन्, यो मिलेन त्यो मिलेन भन्छन्, हेर्दा सबै कागज मिलेको छ म आफैँ गए एउटा अधिकृतले यो कागज मिलेन भन्छन्, मेरो चिया खाने टाइम भयो भनेर जानुभयो। चार बजेसम्म कुरे आएनन्, त्यो बिचौलियालाई गएर पाँच हजार रुपैयाँ दिए, म बसिरहे, ५ मिनेटमा काम गरेर ल्याए। उनले देशलाई समृद्ध बनाउने हो भने निजामती कर्मचारीलाई परिवार चलाउन गरी तलब दिनुपर्ने पनि बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ, मोबाइल र कागजात पनि बरामद

नर्स र डाक्टरलाई सरकारी सरह पारिश्रमिकता दिन मन्त्रालयको निर्देशन

सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुल्ने

महरालाई भोली अदालतमा बुझाउने तयारी

सरकारी करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्छ

निमित्त प्रशासकीय अधिकृत,लेखापालसहित तीन विरुद्ध भ्रष्टाचार मुद्धा दायर

अदालत पुग्नुपर्ने करोडौं राजश्व छलीको फाइल किन पठाइयो लाजिम्पाट ?

मेयर नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा,डेढ अर्ब विगो

बिशेष