हरेक नेपालीको टाउकोमा ८० हजार ऋृण

नेपालीको टाउकोमा जन्मनेवित्तिकै ८० हजार ऋृणको भार पर्ने भएको छ । नेपालको सार्वजनिक ऋृण बढेर २४ खर्ब ३३ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।
सार्वजनिक सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज सार्वजनिक गरेको उक्त ऋृणलाई प्रतिव्यक्ति भाग लगाउँदा एक नेपालीको टाउकोमा ८३ हजार ४३१ रुपैयाँ सार्वजनिक ऋण हुन आउँछ ।

बिज्ञापन

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० मा सरकारको ऋण २२ खर्ब ९९ अर्ब रुपैयाँ थियो । बर्ष दिनमै सार्वजनिक ऋृण  २०८०/८१ मा १ खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँले थपिएको छ । सरकारको यस्तो ऋणलाई २०७८ को २ करोड ९१ लाख ६४ हजार ५७८ जनसंख्या अनुसार प्रति नेपालीको थाप्लोमा ८३ हजार ४३१ रुपैयाँ ऋण पर्छ ।

बिज्ञापन

अघिल्लो आर्थिक बर्षमा प्रतिव्यक्ति ऋण ७३ हजार आठ सय ६० रुपियाँ  पर्न जान्थ्यो ।  गत आर्थिक वर्ष २०८०/८१ मा यस्तो ऋणमा सरकारले आन्तरिक र बाह्य गरी कुल ३ खर्ब ५८ अर्ब रुपैयाँ उठाएको थियो । यस्तो ऋणमा २ खर्ब ३४ अर्ब आन्तरिक ऋण र १ खर्ब २३ अर्ब बाह्य ऋण रहेको छ ।

ऋण-प्रतिवेदन-1721298277

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शाखा अधिकृत हुँ भनी व्यक्तिकाे तथ्यांक लिन खोज्ने एक पक्राउ

स्वास्थ्य मन्त्रालयको नीति योजना महाशाखाको प्रमुखमा डा. दास

चार शाखा अधिकृत उपसचिव सिफारिस

कर्मचारीले चुनावी पोस्ट लाइक, कमेन्ट, सेयर गर्न नपाउने

प्रमुख प्रशासकिय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर,सरकारी जग्गा व्यक्तिलाई दिएको आरोप

सर्वोच्चको फैसला उल्ट्याएर नामसारी: मालपोत बाँकेका पूर्व प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मालपोत कार्यालय प्रमुखसहित नासु–खरिदारको सरुवा

टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बास्तोला

बिशेष