युवराजको दसौं नियुक्ति :- योजना आयोग, गभर्नर,सांसद,मन्त्री,राजदूत हुँदै आर्थिक सल्लाहकार

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक सल्लाहकारमा युवराज खतिवडालाई नियुक्ति गरेका छन् । राष्ट्र बैंकको जागिरबाट अवकाश प्राप्त गरेका युवराज खतिवडा यस्ता पात्र हुन जसले एक पछि अर्काे लाभको अवसर पाइरहेका छन् ।

बिज्ञापन

राष्ट्रिय योजना आयोगको सदस्य तीन पटक, राष्ट्र बैंकको गभर्नर,राष्ट्रिय सभा सदस्य हुँदै अर्थमन्त्री खाइसकेका उनी राजदूत हुँदै पुन केपी शर्मा ओलीको आर्थिक सल्लाहकारको नियुक्ति खाएका हुन । उनले यो समेत गरी १० पटक लाभको अवसर पाएका हुन ।

बिज्ञापन

खतिवडा माधव नेपाल प्रधानमन्त्री हुँदा २०६६ मा उनी नेपाल राष्ट्र बैंकको गर्भनर भए । गभर्नर हुनु अगाडि योजना आयोगको उपाध्यक्ष थिए । सो पद त्यागेर उनी गभर्नर बनेका थिए । २०५९ देखि २०६२ सम्म, २०६६ मा र २०७२ गरी तीनपटक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष चलाए । २०७४ नेकपाकालमा उनी ओली सरकारको अर्थमन्त्रीसमेत भए । राष्ट्रपतिबाट मनोनीत गर्ने कोटाबाट राष्ट्रियसभा सदस्य बनेका उनको कार्यकाल भने दुई वर्ष मात्र रह्यो । सांसद पद सकिएपछि अर्थमन्त्रीबाट पनि हटेका थिए । तर लगत्तै उनी फेरि सांसद नरहेको व्यक्ति पनि मन्त्री बन्न पाउने व्यवस्थाअनुसार ६ महिनाका लागि मन्त्री बने । ६ महिनापछि अर्थमन्त्रीबाट बाहिरिएपछि पनि उनलाई ओलीले प्रधानमन्त्रीको आर्थिक सल्लाहकारकै रूपमा राखे । पछि उनलाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरे ।

११ जना राजदूत फिर्ता हुँदा खतिवडा पनि फिर्ता बोलाइनेमा परे । राजदूतबाट फिर्ता भएका खतिवडा पुनः प्रधानमन्त्रीको आर्थिक सल्लाहकारका रूपमा सिंहदरबार छिरेका छन् ।

बिज्ञापन

उनले तीन पटक राष्ट्रिय योजना आयोगको उपाध्यक्ष,श्रीलंकामा एसियाली विकास बैंकको जागिरको अवसर, गभर्नर,राष्ट्रिय सभामा मनोनीत सदस्य, ६ महिने अर्थमन्त्री,प्रधानमन्त्रीको आर्थिक सल्लाहकार हुँदै राजदूतको नियुक्ति खाइसकेका छन् । यो युवराजलाई दशौं लाभ हो,यस पटक पनि उनी प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकार नियुक्ति भएका हुन ।
एमाले पार्टीमै लागेर जेलनेल भोगेका इमान्दार कार्यकर्ताले लाभको कुनै पद नपाइरहेको अबस्थामा केपी ओलीका लागि युवराज खतिवडा यति प्यारा पात्र हुन कि उनले पाएको यो दसौं अवसर हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष