भन्सार विभागमा व्यवसायी र हाकिमबीच भनाभन

एउटा एक्जिम कोर्ड लिन कति दिन लाग्छ ? अनलाइन सिष्टममा गएको र प्रविधिमैत्री भएको दावी गर्ने भन्सार विभागबाटै समयमा एक्जिम कोर्ड नपाएपछि व्यवसायीहरु आक्रोति बनेका छन् ।

बिज्ञापन

निकासी तथा पैठारी कार्यविधि २०७९ अनुासर,व्यवसायीहरुलाई भन्सार विभागले निकासी वा पैठारी (स्थामी) सङ्केत नम्बर प्रदान गर्दै आएको छ । उक्त कोर्ड लिनका लागि पाँच दिनसम्म धाउँदा पनि हात नपरेपछि व्यवसायीहरु आक्रोशित बनेका हुन ।

बिज्ञापन

एक्जिम कोड नवीकरण श्रावण १ गते देखि असोज मसान्त सम्म गर्दा १००० नवीकरण शुल्क ५०० जरिवाना लाग्ने छ र असोज मसान्तपछि असार मसान्त सम्म एक हजार नवीकरण र जरिवाा शुल्क १ हजार गरी दुई हजार लाग्ने व्यवस्था छ । कुनै पनि व्यवसायीले एक्जिम कोर्ड विना सामान निकासी तथा पैठारी गर्न नपाइने हुँदा दर्जनौंका संख्यामा व्यवसायीहरु उक्त कोर्ड नवीकरणका लागि साता दिनदेखि भन्सार विभाग धाइरहेका थिए ।तर कहिले कर्मचारीको बहाना त कहिले सिष्टमले काम गरेन भन्दै सेवाग्राहीलाई फर्काइने गरिएपछि आक्रोशित भएका व्यवसायीहरुले विहिबार दिँउसो आफ्नो समस्या बोकेर भन्सार विभागको महानिर्देशकको कार्यकक्षमा पुगे ।

महानिर्देशक ढुण्डी निरौलाले ती व्यवसायीहरुलाई उपमहानिर्देशक रामकुमार महतोको टाँसो लगाइदिए अनि व्यवसायीहरुको चर्काचर्की शुरु भयो महतोसँग ।
व्यवसायीले दु:ख पोखेपछि उपमहानिर्देशकले ‘सरी’ भने त्यही पछि व्यवसायी कड्किए को ‘सरी’ ? हामीले तिरेको करबाट तलब सुविधा लिनुहुन्छ ? तलब सुविधा लिएपछि हामीले पाउने सेवा सुविधा पाउनु पर्दैन ?

बिज्ञापन

व्यवसायीले यताबाट एक्जिम कोर्ड रिन्यु नभएको र उता सामान अड्किरहेको गुनासो पोखे ।

उसो त भन्सार विभागका महानिर्देशक कार्यशैलीका कारण विवादमा मात्र परेका छैनन् उनलाई गत सातामात्र सचिवले मन्त्रालयमै बोलाएर केरकार गरेका छन् ।
सरकार परिवर्तन हुने मुखमा उनले तीन जना अधिकृतहरुको नियमविपरित सरुवा गरेको भेटिएको हो । माओवादी सरकार ढल्ने र नेकपा एमाले र नेपाली काँग्रेस गठबन्धनमा सरकार बन्ने भए पछि भन्सार विभागका महानिर्देशक ढुण्डी निरौलाले हतार–हतार भन्सार अधिकृत सरुवा गर्दा उनी विवादमा तानिएका हुन । सात महिना अघिमात्र भन्सार कार्यालयबाट विभागमा सरुवा भएका अधिकृतहरुलाई रसुवा र बीरगञ्ज भन्सारमा सरुवा गरेसँगै ढुण्डी विवादमा मात्र तानिएका छैनन्,उनीसँग सचिवले स्पष्टीकरण नै सोधेको स्थिति छ । भन्सार विभागमा लामो समयदेखि बसिरहेका अधिकृतहरुले आफूहरुलाई कुनै जिम्मेवारी नदिई महानिर्देशक निरौलाले निरन्तर ठूला भन्सार कार्यालयहरुमा बसिरहेका कर्मचारीलाई जिम्मेवारी दिएको भन्दै अर्थ मन्त्रालयको प्रशासन महाशाखामा गुनासो पोखेपछि अस्तिमात्र राजस्व सचिव रामप्रसाद घिमिरेले महानिर्देशक निरौलासँग सोधपुछ गरेका हुन ।
सरुवा भएका अधिकृतहरुमा रसुवा भन्सारमा दुई जना र वीरगञ्ज भन्सारमा एक जना अधिकृतहरु छन् । साधरणतया कर्मचारीहरुको सरुवा भदौं र असोजमा हुँदै आएको छ । कर्मचारीहरु सरुवा र खटन पटन गर्ने पर्ने स्थिति आएको खण्डमा विभागीय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सहमति लिनुपर्ने कानुनी व्यवस्था भए पनि भन्सारका हाकिमले ती अधिकृतहरुको खटन पटन गर्दा सामान्यको सहमति नलिएको भेटिएको हो । निरौलाले ६ महिना अघिमात्र भन्सार कार्यालयबाट विभागमा लक्ष्मण बास्तोला र हंस रावललाई रसुवा भन्सारमा काज सरुवा गरेका हुन् । रसुवा भन्सार चैत्रदेखि नै रिक्त थियो । एक अधिकृत अवकाश र दुई अधिकृत सरुवा भएसँगै रसुवा भन्सारमा दुइ अधिकृत पद रिक्त थियो । यस्तै तातोपानी भन्सारबाट विभाग आएका अर्जुन कार्कीलाई बीरगञ्ज भन्सार कार्यालयमा सरुवा गरेका हुन । निरौलाले गत चैत १४ गते विभागको महानिर्देशकको जिम्मेवारीमा छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।