१५ भदौंसम्म चलाउनेछिन् लीलादेवीले कामु मुख्यसचिव

सरकारले निमित्त मुख्यसचिवको जिम्मेवारी सम्हाल्दै आएकी लीलादेवी गडतौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको छ । सोमबार केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले उनलाई कायममुकायम मुख्य सचिवमा मुकरर गर्ने निर्णय गरेको हो।

बिज्ञापन

मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध गत ९ असारमा भ्रष्टाचार मुद्दा भएसँगै उनी निलम्बनमा परेका थिए । मुख्यसचिव अर्याललाई गत १० असारमा राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उक्त पदमा सरुवा गर्ने निर्णय भएको थियो । त्यसपछि प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिव गड्तौलाले वरीष्ठताका आधारमा स्वतः निमित्त मुख्यसचिवको जिम्मेवारी पाएकी थिइन्। नयाँ सरकारले उनलाई कामु मुख्यसचिवकै जिम्मेवारी दिएको छ ।

बिज्ञापन

लीलादेवी कानुनतर्फकी सचिव हुन् । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सिनियर सचिव भएका कारण यस अघि निमित्त सचिवको जिम्मेवारी दिइएको थियो । हालसम्म २६ जना मुख्यसचिव चलाए । तीमध्ये पहिलो महिला कामु मुख्यसचिव बनेकी छिन् गड्तौला । उनले पहिलो महिला कायममुकायम मुख्यसचिव बनेर इतिहास रच्न सफल भएकी छिन् ।२०५२ सालमा शाखा अधिकृतको रूपमा निजामती सेवामा प्रवेश गरेकी गड्तौला २०६३ कात्तिक ३ गते उपसचिव भइन् । २०७० माघ ९ गते सहसचिव बनेकी उनी २०७७ कात्तिक २७ गते नेपाल सरकारको सचिवमा बढुवा भएकी हुन् । २०७७ कात्तिक २७ गते न्याय सेवा कानुन समूहको सचिवमा बढुवा भएकी उनी ३ वर्ष १० महिना नेपाल सरकारको विशिष्ट श्रेणीमा रहेर काम गर्न पाउनेछिन् । ३ वर्ष ८ महिना सचिवको भूमिकामा काम गरेकी गड्तौलाले त्यसपछि निमित्त मुख्यसचिव र कामु मुख्यसचिवको समेत जिम्मेवारी प्राप्त गर्न सफल भएकी हुन् । ०८१ असार ९ गते निमित्त मुख्यसचिवको जिम्मेवारी पाएकी गड्तौला असार ३१ गते कायममुकायम मुख्यसचिव बन्न सफल भएकी छिन् ।  उनी आगामी भदौं १५ गते उमेर हद लागेर घर फर्कदैछिन् ।

कोशी प्रदेशको तेह्रथुम जिल्लामा जन्मिएकी कायममुकायम मुख्यसचिव गड्तौलाका श्रीमान वरिष्ठ अधिवक्ता हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष