ओली सरकारको पहिलो निर्णय :-कीर्तिपुर क्रिकेट मैदानलाई रंगशाला बनाउने

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कीर्तिपुर क्रिकेट मैदानलाई रंगशाला बनाउने निर्णय गरेको छ ।

बिज्ञापन

चौथोपटक प्रधानमन्त्री बनेका नेकपा एमालेका अध्यक्ष ओलीसहित २२ मन्त्रीले सोमबार बिहान शपथ ग्रहण गरेका थिए । शपथ ग्रहणलगत्तै प्रधानमन्त्रीसहित मन्त्रीहरू मन्त्रालय पुगेर कार्यभार सम्हालेपछि मन्त्रिपरिषद् बैठक शुरू भएको थियो ।

बिज्ञापन

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३०० दिनको समयसीमाभित्र क्रिकेट रंगशाला बनाइसक्ने निर्णय गरेको छ ।

बैठकबारे जानकारी गराउँदै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओालीले भनेका छन्, ‘पहिलो निर्णय– क्रिकेट रंगशाला! कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्यारापिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ।’

बिज्ञापन

यस्तै सरकारले मन्त्रिपरिषदको निर्णय २४ घण्टासम्म गोप्य राख्ने अभ्यासलाई फेरि सुरु गर्ने भएको छ । त्यस्तै, सरकारको प्रवक्तामा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ तोकिएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्याउ बोकेको ट्रकमा तस्करीको सुन भेटियो

सशस्त्रका डीएसपी राउत तानिए

रसुवामा ठूलो परिमाणमा सुन बरामद

सरकारी कर्मचारीलाई यसरी पनि सताउँछन्,सेवाग्राही

हिजो सुँक्कसुँक्क ,आज जिम्मेवारी

तत्कालीन अर्थमन्त्री,मेयर,प्रमुख प्रशासकीय अधिकृतसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा

प्रतिनिधि सभा बैंठक LIVE

भिजिट भिसा काण्डमा डरलाग्दो सेटिङ्ग

बिशेष