गृहसचिव र आइजीको टोली चितवनतिर

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल पहिरोमा परेर हराइरहेका दुई बस र यात्रुहरुको खोजीको निरीक्षणका लागि गृह सचिव एकनारायाण अर्याल र आइजी बसन्त कुँवरको टोली अहिले चितवन जाने तयारी गरिरहेका छन् ।

बिज्ञापन

२८ असार बिहानै चितवनको सिमसार क्षेत्रमा दुई वटा यात्रुवहाक बस पहिरोले पुरिदा बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस मुग्लिन–नारायणगढ सडक खण्डमा माथिबाट खसेको पहिरोले बगाउँदा त्रिशुलीमा खसेर बेपत्ता भएका थिए ।

बिज्ञापन

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा ७ जना भारतीयसहित २४ जना र काठमाडौंबाट रौतहट जाँदै गरेको बसमा २७ जना यात्रु सवार रहेको टिकट काउन्टरको विवरणबाट देखिन्छ । बस पहिरोले बगाउने क्रममा ३ जना यात्रु भागेर बाँच्न सफल भए पनि अरु बेपत्ता छन् ।

आज दुर्घटनास्थलमा भइरहेको खोजीको निरीक्षण गर्न गृह मन्त्रालयका सचिव एक नारायण अर्यालसहित सुरक्षा अंगका प्रमुखहरु पनि चितवन जाँदै छन् ।
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालको पहिरोसँगै त्रिशूलीमा खसेका दुई यात्रुवाहक बस खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालका ९० जनाको सुरक्षा फौज परिचालन गरिएको छ ।
यस्तै ती बसमा सवार यात्रुहरुको खोजीका लागि ५०० भन्दा बढी सुरक्षाकर्मी र २८ जना गोताखोर परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्याउ बोकेको ट्रकमा तस्करीको सुन भेटियो

सशस्त्रका डीएसपी राउत तानिए

रसुवामा ठूलो परिमाणमा सुन बरामद

सरकारी कर्मचारीलाई यसरी पनि सताउँछन्,सेवाग्राही

हिजो सुँक्कसुँक्क ,आज जिम्मेवारी

तत्कालीन अर्थमन्त्री,मेयर,प्रमुख प्रशासकीय अधिकृतसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा

प्रतिनिधि सभा बैंठक LIVE

भिजिट भिसा काण्डमा डरलाग्दो सेटिङ्ग

बिशेष