पुल्चोक क्वार्टरमा नयाँ मन्त्रीको बास असोजसम्म

साउनमा शपथ लिएर पुल्चोकस्थित क्वार्टरमा सरेका मन्त्रीहरुले आगामी दशैं पनि त्यहाँ मान्न नपाउने हिसाब किताब निकालिँदैछ । शहरी विकास मन्त्रालयका अनुसार आगामी असोजभित्रैमा पुल्चोकस्थित मन्त्रीक्वार्टरमा रहने मन्त्रीहरुलाई भैसेपाटीमा सिफ्ट गर्नेगरी द्रुततर गतिमा काम अगाडि बढिरहेको छ । मन्त्रीहरुलाई पुल्चोकबाट भैसेपाटी स्थान्तरण गरेपछि रिक्त हुने मन्त्री क्वार्टर यस अघि बिदेशी पाउना आउदा बस्ने राजकीय अतिथि गृह बनाउने भनिए पनि सर्वाेच्च अदालतका न्यायधीशहरुलाई उपलव्ध गराइने तयारी चल्दैछ ।

बिज्ञापन

पुल्चोकस्थित मन्त्री क्वार्टरमा १९ वटामात्र व्लक छन् । तीमध्ये १४ पूराना २०२८ सालमा र बाँकी ५ वटा नयाँ ५४ सालमा निर्माण भएका हुन । सो व्लकमा नअटेका प्रचण्ड सरकारका वन र स्वास्थ्यमन्त्रीलाई भैसेपाटीमै क्वार्टरमा बस्दै आएका थिए । अब आगामी असोजभित्रमै बाँकी मन्त्रीहरुलाई समेत भैसेपाटी सारिने शहरी विकास मन्त्रालय स्रोतले जनाएको छ । झण्डै १ अर्ब ५ करोड लागतमा भैँसेपाटी संघका मन्त्री,प्रतिनिधि सभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्षको बसोबासका लागि त्यहाँ क्वार्टर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । १ सय ४९ रोपनी क्षेत्रफलमा फैलिएको उक्त क्वार्टरमा मन्त्रीहरु असोजभित्रैमा सर्दैछन् । उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्ष तत्काल भैसेपाटी सिफ्ट हुँदैछन् ।

बिज्ञापन

अर्काे रमाइलो संयोग जुरेको छ । तीन बर्ष अघि सर्वाेच्चको परमादेशबाट केपी ओलीलाई वालुवाटारबाट खुमलटार पु¥याएको साइत पारेर प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै हुनुहुन्छ । सोही साइत पारेर राष्ट्रिय सभाको उपाध्यक्ष विमला घिमिरे भैसेपाटी क्वार्टरमा सर्दै हुनुहुन्छ । यस्तै,उपसभामुख इन्दिरा रानामगर साउन पहिलो साता भैसेपाटी सर्ने तयारी गरिरहनुभएको छ । उता,भीभीआइपीहरुबाटै क्वार्टरका किम्तिदेखि बहुमूल्य सामाग्री चोरिँदा कर्मचारीहरु आजित छन् । संघीय संसद सचिवालय व्यवस्थापन कार्यालयले पुल्चोकस्थित मन्त्री क्वार्टरमा बस्दै आएका मन्त्री तथा मन्त्रीका सदस्यहरूले प्रयोग गर्ने गलैंचा, पर्दा, सोफा सिरकदेखि वासिङ मेसिन,आइरन, इन्भर्टर, गिजर, स्ट्यान्ड पंखा, ग्यास, युरोगार्ड, माइक्रो ओभन, कन्भर्टर, नेटवर्किङ ¥याक, माइक्रो फोन, मिक्स्चर, ट्रेड मिल, दराज, पलङ, लोबेड,कुर्सी, सोफासेट लगायतका सर सामाग्रीहरु उपलव्ध गराउँदै आएको छ । विशिष्ट पदाधिकारीहरूले माग गर्नेबित्तिकै सामग्री उपलब्ध गराउन व्यवस्थापन कार्यालयले पुल्चोकस्थित मन्त्री निवास एकाइ कार्यालय राखेर सर सामाग्रीहरु उपलव्ध गराउँदै आएको छ । कतिपय विशिष्टले सरकारी निवास छाड्ने बेलामा अधिकांश सामान उठाएर लैजादा कर्मचारीहरु हत्तु छन् ।

एक जना मन्त्री परिवर्तन हुँदा उस्को क्वार्टरमा मात्र कम्तिमा पाँचदेखि आठसम्म खर्च हुने शहरीका कर्मचारीको हिसाब किताब निकाल्छन् । मन्त्री फेरिएपछि क्वार्टरमा रंङ्गरोगन गर्नुप¥र्यो । पूराना मन्त्रीले चलाएका डाडु पन्यु सिरक डस्नासम्मको जोहो शहरी विकास मन्त्रालय मातहतकै सोही निकायले गर्दै आएको छ ।

बिज्ञापन

जस्तो :- अघिल्लो पटक रघुवीर महासेठ भौतिक मन्त्री भएर क्वार्टरमा सर्दा रंगरोगन गर्दा ६ लाख खर्च भएको हिसाब त्यहाँका कर्मचारीहरुसँग छ । किचनका सामानहरु डाडु,पन्यु थाल बटुकादेखि पर्दा सिरक,डस्ना,तन्दा फेर्दा थप एकदेखि दुई लाख खर्च थपिन्छ । यसरी मन्त्रीहरुको क्वार्टरका रेखदेख र सामानका लागि मात्र बार्षिक १३ करोड हाराहारी बजेट खर्च हुँदै आएको छ । यता सरकारले विशिष्ट व्यक्ति (भीआईपी) र अति विशिष्ट व्यक्ति (भीभीआईपी)का लागि आवास बनाउँदा बितेको चार वर्षमा राज्यकोषबाट पौनै १२ अर्ब रुपैयाँ खर्च भइसकेको हिसाब किताब निकालिएको छ । आन्तरिक सजावटमा २ अर्ब ८९ करोड ६७ लाख २६ हजार रुपैयाँ र परामर्शमा ३ करोड ५१ लाख १८ हजार रुपैयाँको खोलो बगाइएको हिसाब निकालिएको छ । विशिष्ठको भवन निर्माणको क्रममा भएको खर्च पारदर्शी नभएको भन्दै महालेखाले प्रतिवेदनमा कैफियत लेखेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।