नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ ।
बिज्ञापन
नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई दुई लाख ५० हजार घुससहित मङ्गलवार कार्यालय परिसरबाटै पक्राउ गरिएको आयोगको कार्यालयले जनाएको हो ।
बिज्ञापन
प्रवक्ता नरहरि घिमिरेका अनुसार जग्गा हालसाबिक गरी पुर्जा उपलब्ध गराइदिन उनीहरूले सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदन परेको थियो ।
सोही आधारमा आयोगबाट खटिएको टोलीले यादव र भुजेललाई घुस लिइसकेको अवस्थामा ललितपुर महानगरपालिका-१२ लगनखेलमा रहेको आरबी सेन्टरबाट नियन्त्रणमा लिएको हो । दुवैमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेको भनाई
बिज्ञापन