एक लाख धरौटी तिरेर छुटे सहसचिव शाक्य

अन्तशुल्क स्टिकर छपाईसम्बन्धि भ्रष्टाचार मुद्दामा अर्थ मन्त्रालयका सहसचिव रितेश कुमार शाक्य एक लाख रुपैयाँ धरौटीमा छुटेका छन् । गत ९ असारमा अन्तशुल्क स्टिकर छपाईसम्बन्धि मुद्धामा अख्तियारले मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित ११ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

बिज्ञापन

विकल पौडेलको लहडमा अगाडि बढाइएको यो प्रकरणमा अख्तियारले तत्कालीन सञ्चार सचिव बैकुण्ठ अर्याल,तत्कालीन आन्तरिक राजश्व विभागका महानिर्देशक रितेश शाक्य उपमहानिर्देशक टंक पाण्डे,आन्तरिक राजस्व विभागका तत्कालीन निर्देशक गणेशविक्रम शाही, शाखा अधिकृत रवीन्द्रप्रसाद पौडेलका अलवा सुरक्षण मुद्रण कोषका तत्कालीन निर्देशक सफल श्रेष्ठ, शाखा अधिकृत हरिबल्लब घिमिरे, लेखा अधिकृत विष्णुप्रसाद गौतम, खरिद विज्ञ शक्तिप्रसाद श्रेष्ठ, प्रिन्टसेल प्राली ललितपुरका निर्देशक परामर्शदाता केशव शर्मा लगायतलाई भ्रष्टाचार मुद्धा चलाएको हो । उनीहरुले नेपालमै छपाइ हुन सक्ने अन्तः शुल्क स्टिकर छपाई भारतीय कम्पनीलाई छाप्न जिम्मा दिएर भ्रष्टाचार गरेको अख्तियारको आरोपत्रमा उल्लेख छ । यो प्रकरणमा ३८ करोड रुपैयाँ बराबरको बिगो र त्यति नै बराबरको जरिबाना माग दाबी र कैद सजाय माग गरिएको छ । अन्तःशुल्क स्टिकर छपाईसम्बन्धि करिब ३८ करोड भ्रष्टाचार मुद्दामा शाक्य मुख्य प्रतिवादीमध्ये एक हुन रितेश कुमार शाक्य ।

बिज्ञापन

चार महिनामात्र आन्तरिक राजश्व विभागका महानिर्देशक रहेका रितेश शाक्य समेत विचौलियाको मतियारभन्दा भ्रष्टाचार मुद्धा झेल्ने ठाउँमा पुगेका हुन । शाक्य अर्थ मन्त्रालयको बजेट महाशाखाको हर्ताकर्ता हुँदा अख्तियारले उनलाई प्रतिवादी बनाएर विशेषमा मुद्धा चलाएको थियो । शाखा अधिकृत र उपसचिव हुँदासम्म लेखा समूहका कर्मचारी सहसचिवमा उक्लिएपछि खानेपानी मन्त्रालयमा थिए । जनार्दन शर्मा अर्थमन्त्री भएपछि उनी एकाएक अर्थ मन्त्रालयमा आएका थिए । अर्थमा छिरेपछि उनलाई कुनै समयमा अर्थसचिव बन्छु भन्ने महत्वकांक्षा जाग्यो । तर अर्थसचिव बन्न राजश्व र अर्थअन्तर्गतका निकायहरु चलाएको पोर्टफोलियो बनाउन भन्दै उनी तत्कालीन अर्थमन्त्री शर्मा र तत्कालीन राजश्व सचिव कृष्णहरि पुस्करसँग कुरा मिलाएर आन्तरिक राजश्व विभागजस्तो शक्तिशाली विभागमा महानिर्देशक बन्न पुगेका थिए । त्यतिबेला विभागले जनक शिक्षा सामाग्री केन्द्रबाट प्रतिस्टिकर ३५ पैसामा अन्तःशुल्क स्टिकर छाप्दै आएको थियो । पछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले विकल पौडेलको ‘ग्रान्ड डिजाइन’अनुसार स्टिकर छाप्ने काम सरकारी सुरक्षण मुद्रण केन्द्रबाटै हुने गरी व्यवस्था मिलाए ।

त्यतिबेला आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेल थिए । शर्माले यो काम उनै पौडेलमार्फत् गर्न लगाए । त्यसका लागि विभाग र केन्द्रबीच ४४ करोड थान बियरमा टाँस्ने स्टिकर छपाइका लागि सम्झौता हुनुपर्ने थियो । यस्तो किसिमको सम्झौता गर्नुपर्ने भयो जसअनुसार स्टिकरको लागत विभागले व्यहोर्नु पर्थेन । तर, यस्तो सम्झौता गर्न पौडेलले टेरेनन् । पौडेलले नटेरेपछि शर्माले रितेश शाक्यलाई २०७८ फागुन १ गते विभागमा पठाए । र, शाक्यले शर्माले भनेअनुसार नै सम्झौता गरिदिएका थिए । विचौलियाका स्वार्थ अनुसार काम गर्दा बदनामी र भ्रष्टाचारमा मुछिएका शाक्यलाई विशेष अदालतले  धरौटी सुविधा दिएको हो । बुधबार विशेष अदालतमा उपस्थित भएका उनलाई न्यायधीशहरु खुसीप्रसाद थारु,रामप्रसाद थापा र रितेन्द्र थापाको इजलाशले एक लाख धरौटी मागेकोमा धरौटी राखेर उनी छुटेका छन् ।

बिज्ञापन

शाक्य आन्तरिक राजश्व विभागको महानिर्देशक हुँदा यससम्बन्धि भुक्तानीमा संलग्न रहेको आधारमा अभियोग दायर भएको थियो । मुद्दा दायर हुँदा उनी अर्थ मन्त्रालयको बबिजेट महाशाखा प्रमुख थिए । मुद्दा दायर भएसँगै निलम्बनमा छन्।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।