सामान्यको सहमति बेगर असारमासमा भन्सार अधिकृतहरुको सरुवा

भन्सार विभागले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहमति बेगर तीन जना अधिकृतहरुको बेमौसमी सरुवा गरेको छ । विभागले असार मासमा तीन अधिकृतहरुको सरुवा गरेको हो ।
सरुवा भएका अधिकृतहरुमा रसुवा भन्सारमा दुई जना र वीरगञ्ज भन्सारमा एक जना अधिकृतहरु छन् ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवासम्बन्धी मापदण्ड बनाउने काम भइरहेको हुँदा अहिले कुनै पनि कर्मचारीको सरुवा नगर्न भनेको थियो तर भन्सार विभागले तीन जना अधिकृतहरुको सरुवा गरेको हो । साधरणतया कर्मचारीहरुको सरुवा भदौं र असोजमा हुँदै आएको छ । कर्मचारीहरु सरुवा र खटन पटन गर्ने पर्ने स्थिति आएको खण्डमा विभागीय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सहमति लिनुपर्ने कानुनी व्यवस्था भए पनि भन्सार विभागले ती अधिकृतहरुको खटन पटन गर्दा सामान्यको सरुवा समेत लिन जरुरी ठानेन ।

बिज्ञापन

विभागले ६ महिना अघिमात्र भन्सार कार्यालयबाट विभागमा सरुवा भएर आएका अधिकृतहरुलाई रसुवा र बीरगञ्ज भन्सारमा सरुवा गरेका हो । जसमा आइतबारमात्र लक्ष्मण बास्तोला र हंस रावललाई रसुवा भन्सारमा काज सरुवा गरेका हुन् । रसुवा भन्सार चैत्रदेखि नै रिक्त थियो । एक अधिकृत अवकाश र दुई अधिकृत सरुवा भएसँगै रसुवा भन्सारमा दुइ अधिकृत पद रिक्त थियो । यस्तै तातोपानी भन्सारबाट विभाग आएका अर्जुन कार्कीलाई बीरगञ्ज भन्सार कार्यालयमा सरुवा गरेका हुन ।

बिज्ञापन

बेमौसमी सरुवा गरिँदा विभागले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सहमति समेत नलिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको हो । मन्त्रालय स्रोतले कर्मचारी प्रेससँग भन्सार अधिकृतहरुको सरुवा सहमतिका लागि अर्थबाट यो बीचमा कुनै पत्र नआएको जनाएको छ । यसरी वेमौसमी सरुवा गर्दा अर्थ मन्त्रीका सचिवालयका कर्मचारीले मोटो रकम बुझेको भन्सारकै कर्मचारीहरुको आरोप छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।