एसबिआई बैंकले मनायो वार्षिकोत्सव, जिम्मेवार बन्ने कर्मचारीको प्रतिबद्धता

नेपाल एसबिआई बैंकले जुलाई ७ (आइतबार) आफ्नो ३१ औं बार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवका अवसरमा बैंकले सपथ ग्रहण समारोहको आयोजना गरेको थियो। जहाँ बैंकका सबै कर्मचारीले बैंकप्रतिको जिम्मेवारीका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरे।

बिज्ञापन

कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले बैंकको उपलब्धिका बारेमा प्रकाश पारे। उनले बैंकको दिगो प्रगति कायम राख्न व्यक्तिगत जिम्मेवारी वहन गर्नुपर्नेमा पनि जोड दिए।

बिज्ञापन

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत राजेशकुमार पंडाले बैंकको उपलब्धिमा योगदान पुर्याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिँदै यसरी नै योगदानको निरन्तरताका लागि आग्रह गरे। प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांतले सबै सरोकारवाला तथा सहभागीलाई धन्यवाद ज्ञापन गरे।

यसका साथै बैंकले सोहीे अवसरमा सबै शाखा तथा कार्यालयबाट आफ्ना ग्राहक तथा कर्मचारीलाई मिठाई वितरण गरेको थियो।

बिज्ञापन

नेपाल एसबिआई बैंकले हालै सञ्चालनमा आएका २ शाखा, पिडारी चोक (जनकपुर) र रामपुर बजार (पाल्पा) सहित १०० शाखा, २२ एक्सटेन्सन काउन्टर, १७ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२१ एटीएम तथा १ कर्पोरेट अफिसबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शाखा अधिकृत हुँ भनी व्यक्तिकाे तथ्यांक लिन खोज्ने एक पक्राउ

स्वास्थ्य मन्त्रालयको नीति योजना महाशाखाको प्रमुखमा डा. दास

चार शाखा अधिकृत उपसचिव सिफारिस

कर्मचारीले चुनावी पोस्ट लाइक, कमेन्ट, सेयर गर्न नपाउने

प्रमुख प्रशासकिय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर,सरकारी जग्गा व्यक्तिलाई दिएको आरोप

सर्वोच्चको फैसला उल्ट्याएर नामसारी: मालपोत बाँकेका पूर्व प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मालपोत कार्यालय प्रमुखसहित नासु–खरिदारको सरुवा

टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बास्तोला

बिशेष