‘कर्मचारी सरुवामा धेरै दबाब महसुस गरिरहेको छु’ :-मन्त्री जोशी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले कर्मचारीहरुको सरुवाका लागि आफूले धेरै दबाब हुने महसुस गरेको बताएका छन् । कर्मचारी सरुवामा यतिधेरै दबाब र अप्ठेरो छ कि छोटो समयमा धेरै अनुभव गरेको छु । विधि, पद्धति र निश्चित मापदण्ड नहुँदा सरुवा भनसुनका आधारमा चल्ने काम भइरहेको समेत उनले बताए ।

बिज्ञापन

बिहीबार राष्ट्रियसभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री जोशीले विधि,पद्धति र मापदण्ड नहुँदा कर्मचारी सरुवामा समस्या भएको बताएका हुन । उनले ऐनको अभावमा कर्मचारी सरुवा भनसुनको आधारमा चल्ने गरेको,कर्मचारी मनलाग्दी ढंगले सरुवा हुने गरेकोले त्यसलाई रोक्नका लागि मन्त्रालयले कर्मचारी सरुवासम्बन्धी मापदण्डको मस्यौदा तयार पारेको उनले बताए ।

बिज्ञापन

कम्तिमा बर्षमा एक पटक भदौं असोज बाहेक अरु समयमा कर्मचारी नचलाऔं । दुई बर्ष एउटा कर्मचारीले काम गर्ने वातावरण बनाऔं । तीन महिना वा ६ महिनामै कर्मचारी सरुवा गर्ने काम रोकौं । एउटा कर्मचारी दुर्गममा छ भने कम्तिमा एक बर्ष र सुगममा २ बर्षसम्म बसोस ।

मन्त्री जोशीले कर्मचारीको सरुवामा सबैभन्दा बढी अप्ठ्यारो र दबाबको महसुस बताए । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउने काममा धेरै दबाब रहेको बताउँदै ऐन नहुँदा भनसुनका आधारमा सरुवा भइरहेकोले समस्या निम्तिएको बताए । स्थानीय तहमा खटाएका कर्मचारी जान नखोज्ने,गएका कर्मचारीहरुलाई हाजिर हुन नदिने कमजोरी छ।

बिज्ञापन

कर्मचारी रुपान्तरण नभइ देश विकास नहुने बताए । ०७२ को संविधान पछि संघीय निजामती सेवा ऐन ल्याउन सकेका छैनौं । ऐन नहुँदा संघ,प्रदेश र स्थानीय तहका कर्मचारीको कार्यसञ्चालन र व्यवस्थापनमा चुनौति देखिएको छ । संघको ऐन नहुँदा कतिपय प्रदेशको आ आफ्नै ऐन निर्माण गर्दा समेत चुनौति देखिएको छ ।
। राजनीतिक अस्थिरताले धेरै काम गर्न सकेको छैन ।‘राजनीतिक अस्थिरताले होला हामीले पनि राम्रोसँग काम गर्न नसकेको कुरा पनि राख्न चाहन्छु,’ मन्त्री जोशीको भनाइ छ, ‘हामीले मन्त्रालयमा गएपछि सबै काम चुस्तदुरुस्त ढंगले गरेका छौं भन्ने अवस्था पनि छैन। किनभने यो अस्थिरताले यस्तो समस्या सृजना गर्दोरहेछ।’

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।