२८ भदौंभित्र सम्पत्ति विवरण भरिसक्नुपर्ने :प्रदेश र स्थानीयका कर्मचारीले कहाँ बुझाउने ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको निजामती किताबखाना (निजममती)ले देशभरका कर्मचारीहरुलाई सम्पत्ति विवरण पेश गर्न निर्देशन दिइएको छ । राष्ट्रिय किताबखानाले भदौ २८ गतेभित्र कर्मचारीहरुलाई सम्पत्ति विवरण पठाउन आग्रह गरेको छ ।

बिज्ञापन

राष्ट्रिय किताबखानाले साबिकको सरकारी सेवामा रही कर्मचारी समायेजन ऐन २०७५ अनुसार,संघ,प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई साबिक बमोजिम नै राष्ट्यि किताबखाना (निजामती)मा,लोकसेवा आयोग ०७५/ ७६ को विज्ञापन र सो पछि स्थायी नियुक्ति लिइ स्थानीय तहमा कार्यरत कर्मचारीहरुले स्थानीय तहमार्फत नै सम्बन्धित प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पत्ति विवरण बुझाउन भनिएको छ ।

बिज्ञापन

कर्मचारी समायोजन ऐन २०७५ अनुसार प्रदेश तथा स्थानीय तहका अन्य सेवाका कर्मचारीहरुले कर्मचारी संकेत नम्बर प्राप्त गरेको वा नगरेको भए पनि आफू कार्यरुत स्थानीय तहमार्फत सम्बन्धित प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यादयमा सम्पत्ति विवरण बुझाउनका लागि भनिएको छ ।

जिल्ला समन्वय समिति,गाउँपालिका,नगरपालिका, प्रदेश सरकारका मन्त्रालयमा बुझाएको अभिलेख तत् तत् निकायले राखी सम्पत्ति विवरण बन्दीखामहरु ३० दिनभित्र प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरिसक्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

बिज्ञापन

अध्ययन, असाधारण र अन्य बिदा, लामो काज वा निलम्बनमा रहेका कर्मचारीहरुले समेत तोकिएको म्यादभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिँदै किताबखानाले २०८० साउन १ गतेदेखि ०८१ असार मसान्तसम्म सेवानिवृत्त भएका शिक्षकले समेत विवरण पेश गर्नुपर्ने जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ दफा ३१ (क) बमोजिम प्रत्येक शिक्षकले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण पेश गर्नुपर्ने कानूनी अवस्था छ ।

समयमा सम्पत्ति विवरण पेश नगर्ने कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ हजार जरिवाना तिराउँदै आएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवाले बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

‘कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्ने गरी निजामती ऐन आउँछ’ : सभापति खतिवडा

‘मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिवको व्यवस्था नराखौं’ : अर्थ सचिव उपाध्याय

कुलिङ पिरियड र अतिरिक्त सचिवको बिषयमा सहमति जुटाउन राज्यव्यवस्था समितिलाई सकस

सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि…

अतिरिक्त सचिवको प्रावधानप्रति मुख्यसचिवको असन्तृष्टि

बिशेष