जिल्ला न्यायाधीशमा आठ जना सिफारिस

न्यायपरिषद्को बैठकले ८ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।न्याय परिषद्को आजको बैठकले न्याय सेवाका विभिन्न निकायमा कार्यरत कर्मचारीलाई जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।

बिज्ञापन

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा मङ्गलबार बसेको परिषद्को बैठकले उक्त सिफारिस गरेको हो ।लोक सेवा आयोगको प्रतिस्पर्धामा पास भएका ८ जनालाई न्याय परिषद्ले जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ ।

बिज्ञापन

सर्वोच्च अदालतका इजलास अधिकृत कमलाकान्त जोशी, जाजरकोट जिल्ला अदालतका स्रेस्तेदार नारायण सापकोटा, फैसला कार्यान्वयन निर्देशनालयका शाखा अधिकृत वसन्तराज जोशी, महालेखा परीक्षकको कार्यालयका निर्देशक मणिराम ज्ञवालीलाई जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको हो ।

यस्तै, सर्वोच्च अदालतका उपरजिस्ट्रार अन्जनराज सापकोटा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव नितिज राई, फैसला कार्यान्वयन निर्देशनालयका निर्देशक तिलक कार्की र सर्वोच्च अदालतका शाखा अधिकृत चन्द्रमणि चापागाईंलाई जिल्ला न्यायाधीशका लागि सिफारिस गरिएको हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष