अवकाशको दुई महिना पछि अधिकारीलाई फेरि सचिवकै जिम्मेवारी

अवकाशको दुई महिना पछि सचिव सुरेश अचार्यले अर्काे सरकारी जिम्मेवारी पाउने भएका छन् । गत वैशाख १७ मा सेवाहदका कारण अनिवार्य अवकाशमा गएका तत्कालीन शिक्षा सचिव सुरेश अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा सिफारिस गरिएको छ ।

बिज्ञापन

प्रतिनिधि सभाको सचिवको रुपमा कार्यरत पद्यमप्रसाद पाण्डे महासचिव भएसँगै रिक्त रहेको प्रतिनिधि सभाको सचिवमा पूर्व सचिव सुरेश आचार्यलाई नियुक्तिका लागि सिफारिस गरिएको हो ।

बिज्ञापन

०७६ बैशाख १० मा नेपाल सरकारको सचिव नियुक्त भएका अधिकारी बर्षे सेवा अवधि पूरा गरेर वैशाख १७ गतेबाट अवकाशमा गएका थिए । उनी शिक्षा मन्त्रालयको सचिवबाट अनिवार्य अवकाशमा गएका थिए,सेवा हद लागेर ।

निजामती सेवामा ३६ वर्ष काम गरेका अधिकारी सहसचिव हुँदा गृह मन्त्रालय र मातहतका विभिन्न निकाय, सुचना तथा सञ्चार मन्त्रालय, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रपति कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेर महत्वपुर्ण जिम्मेवारी निर्वाह गरे ।

बिज्ञापन

यस्तै सचिवमा बढुवा भए पछि कोशी प्रदेश प्रमुख सचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बिताएका थिए ।

प्रतिनिधि सभाको सचिव पद रिक्त भएसँगै उक्त स्थानमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिसमक्ष अधिकारीको नाम सिफारिस गरेका हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नेपाल ट्रष्टका पूर्वसहसचिव लेखबहादुर कार्की पक्राउ

सिंहदरबारबाट लुटिएको प्रिन्टर बागबजारको कन्सल्टेन्सीमा फेला

प्रभु बैंकमा सिआइबीको सात घण्टा छापा, सीईओ शेरचन भागे

करोडौंको व्यापार छोडेर मान्छे र पशुपन्छीको सेवामा रमाइरहेका दुर्गानाथ

पूर्वमन्त्री आफताव आलमको मृत्यु

कर्मचारी सरुवामा विचौलिया हावी,आर्थिक चलखेलका आधारमा कार्यालय प्रमुख बनाइएको उपसचिवकै दावी

९ उपसचिव र ३९ जना शाखा अधिकृतको सरुवा

अनियमित टेन्डर रोक्दा सचिवको निशानामा परे महानिर्देशक बाराकोटी, दिनुपर्यो राजीनामा

बिशेष