राहत बोकेर सिडिओ पीडितको घरमै

पहिरोले घर पुरिँदा ज्यान गुमाएकी कास्कीको मादी ५ की आयुश्मा रानाभाटको परिवारलाई जिल्ला प्रशासन कार्यालय कास्कीले राहत हस्तान्तरण गरेको छ । प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे नेतृत्वको टोली घटनास्थलमै पुगी बिहीबार जिल्ला विपद व्यवस्थापन कोषबाट २ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । नेपाल सरकारको विपद्का घटनामा परी मृत्यु भएका व्यक्तिलाई राहत उपलब्ध गराउने सम्बन्धी मापदण्ड, २०७७ बमोजिमको रकम हस्तान्तरण गरिएको प्रजिअ पाण्डेले बताए ।

बिज्ञापन

मंगलबार राति पहिरोेले घर पुरिँदा १३ वर्षे आयुश्माको घटनास्थलमै निधन भएको थियो । सँगै सुतेकी हजुरआमा ७० वर्षे लालमाया बञ्जारको भने सकुशल उद्धार गरिएको थियो ।अनमोलकी आमा रितु सुनारको गण्डकी मेडिकल कलेजको आइसियुमा उपचार भइरहेको छ ।

बिज्ञापन

मंगलबार राति नै पोखरा महानगरपालिका– २७ आरुपाटा निवासी हरि सुनारको कच्ची घरको पछाडिबाट माटोको ढिस्को खस्दा ३ वर्षे अनमोल सुनारको निधन भएको छ । उनको परिवारबाट कागजात आउनेवित्तिकै राहत उपलब्ध गराइने प्रजिले पाण्डेले बताए । उनले भने, ‘सुनारको डकुमेन्ट आउनै बाँकी छ, आउनेबित्तिकै सम्बन्धित परिवारलाई रकम उपलब्ध गराउँछौं ।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फेरिदैं छ काठमाडौं सडकको रुपरङ्ग

आगामी आर्थिक बर्षका लागि १९ अर्बको बजेट सिलिङ

लिबिया: राजनीतिक अशान्ति, अमेरिकी प्रभुत्व, तेल राजनीति र उत्तर–अफ्रिकी भू–राजनीतिक परिदृश्य

११ जिल्लाको निर्वाचन गराउने जिम्मा महिलाको काँधमा,मुस्ताङमा सिडियो र डिएसपी नै महिला

सचिव घिमिरे अनिवार्य अवकाशमा,चालु आवमा घर जाँदैछन् यी पाँच सचिव

एमालेका संविधानसभा सदस्य तथा रसुवा अध्यक्ष जनार्दन ढकाल कांग्रेस प्रवेश, रुखमा मतदानको अपिल

वालेनको नागरिकता कीर्ते,पाँच बर्ष जेल हाल्न माग गर्दै गृहमा उजुरी

पाँच करोडको अडियोले हल्लियो भौतिक मन्त्रालय, अख्तियार किन मौन?

बिशेष