सचिवलाई सामुहिक बिदाको पत्र बुझाएर ४९ अधिकृतहरु आन्दोलनमा

कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा अन्तर्गतका कार्यालयका शाखा अधिकृतहरू एकैचोटि सामूहिक बिदामा बसेका छन् ।उजनीहरुले सचिव विकास सचिव डा दीपककुमार खराल र पशुपक्षी सचिव राजेन्द्र प्रसाद मिश्रलाई सामूहिक बिदा बुझाएका छन् ।

बिज्ञापन

यसरी सामुहिक बिदा बुझाउने अधिकृतहरुको संख्या ४९ जना रहेको छ । कृषिका अधिकृतहरुले गत बिहिबारै दुवै सचिवहरुलाई सामुहिक बिदाको पत्र बुझाएका हुन ।

बिज्ञापन

कृषि मन्त्रालयमा समायोजन भएका कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएको भन्दै कृषि सचिवलाई सामूहिक बिदा बुझाएका जनाएका छन् ।

बिहिबार विदाको पत्र बुझाएर आजदेखि उनीहरु आन्दोलनमा होमिएका छन् । झन्डै ३५० जना कर्मचारीको वृत्ति विकास रोकिएकाले आफूहरू बिदामा बस्न बाध्य भएको कर्मचारीहरुको भनाई छ ।

बिज्ञापन

२०७५ सालमा कर्मचारी समायोजन गर्दा ३४९ जना कर्मचारीलाई दरबन्दीभन्दा बढी समायोजन गरिएको, १८ देखि २० वर्षसम्म एकै पदमा कार्यरत हुँदा वृत्ति विकास रोकिएको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

डा. टीका ढकालको गजल

निजामती कर्मचारीलाई लक्षित गरी भोलिदेखि सिभिल अस्पतालको सध्याकालीन सेवा

Customs employee involved in crores of rupees’ worth of swag theft, customs chief suspended

कसरी जोगाउने मृगौला : के खाने,के नखाने ?

थपिएको छ– मोटोपन

परराष्ट्रको सवारी मर्मतमा ५ करोड ३२ लाख,इन्धनमा ५ करोड ३३ लाख स्वाहा

भ्रमण स्वीकृति नगराई मन्त्री र जनप्रतिनिधिको लस्कर विदेशतिर

निजामती विधेयकमा कर्मचारीको असन्तुष्टि, आन्दोलनको तयारी

बिशेष