सामान्यका उपसचिवसहित २४ कर्मचारीको दरबन्दी कटौती,कर्मचारी समायोजन महाशाखा खारेज

चालू आर्थिक वर्ष २०८०/ ०८१ को बजेट भाषणमा निजामती कर्मचारीको कुल दरबन्दीमध्ये १० प्रतिशत कटौती गरी पुनर्संरचना गर्ने घोषणा गरियो ।
बर्ष दिनबित्दा समेत यो प्रभावकारी कार्यान्वयनमा आउन सकेको छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कायम रहेको १७२ दरबन्दीमध्ये २४ जनाको दरबन्दी कटौती गरिएको छ । हालैको मन्त्रिपरिषद्को बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दुई उपसचिवसहित २४ दरबन्दी कटौती गरिएको छ । जसमा उपसचिव २, शाखा अधिकृत ७, नायव सुब्बा ३, खरिदार ६, टाइप नासु २, कम्प्युटर अपरेटर २ र कार्यालय सहयोगी ३ जनाको दरबन्दी घटाइएको छ । मन्त्रिपरिषद्को बैठकले मन्त्रालयले प्रस्ताव गरेको संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम) मा केही हेरफेर गरेर कर्मचारी दरबन्दी कटौती गरेको हो ।

बिज्ञापन

दरबन्दी कटौतीपछि मन्त्रालयमा कर्मचारीको दरबन्दी १ सय ४८ मा झारिएको छ । मन्त्रालयका अनुसार हालसम्म संघतर्फका कूल ५३ हजार ३८२ रहेकोमा ९४१ दरबन्दी थप तथा २ हजार ७६३ दरबन्दी कटौती गरेर कुल ५१ हजार ५६० दरबन्दी कायम गरिएको छ ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला विभाग, एकीकृत डाटा व्यवस्थापन केन्द्र, सूचना प्रविधि विभाग, राष्ट्रिय साइबर सुरक्षा केन्द्र, राष्ट्रिय तथ्यांक कार्यालय, विद्युतीय सुशासन आयोग, तथ्यांक कार्यालयहरू, हुलाक सेवा विभाग र अन्तर्गतका कार्यालयहरू तथा जिल्ला समन्वय समितिको कार्यालयमा दरबन्दी पुनर्संरचना गरिएको छ ।
यता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रशासन महाशाखालाई विभाजन गरेर आन्तरिक व्यवस्थापन महाशाखा बनाइएको छ । सूचना प्रविधि शाखामा रहेको प्रशासन सेवाको दरबन्दी कटौती गरेर प्राविधिक दरबन्दी बनाइएको हो । सूचना प्रविधि शाखालाई आन्तरिक व्यवस्थापन महाशाखाअन्तर्गत राखिएको छ ।

यस्तै कर्मचारी समायोजन तथा संगठन विकास महाशाखा खारेज गरिएको छ । अब समायोजनसँग सम्बन्धित काम आन्तरिक व्यवस्थापन महाशाखाले हेर्नेछ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

डा. टीका ढकालको गजल

निजामती कर्मचारीलाई लक्षित गरी भोलिदेखि सिभिल अस्पतालको सध्याकालीन सेवा

Customs employee involved in crores of rupees’ worth of swag theft, customs chief suspended

कसरी जोगाउने मृगौला : के खाने,के नखाने ?

थपिएको छ– मोटोपन

परराष्ट्रको सवारी मर्मतमा ५ करोड ३२ लाख,इन्धनमा ५ करोड ३३ लाख स्वाहा

भ्रमण स्वीकृति नगराई मन्त्री र जनप्रतिनिधिको लस्कर विदेशतिर

निजामती विधेयकमा कर्मचारीको असन्तुष्टि, आन्दोलनको तयारी

बिशेष