जग्गा किताकाट गर्दा ३५ हजार घुस,अख्तियारले दायर गर्यो विशेषमा भ्रष्टाचार मुद्धा

घुससहित पक्राउ परेका नापी सर्वेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नापी कार्यालय चन्द्रौटा, कपिलवस्तुका सर्वेक्षक बेचनप्रसाद गुप्ताविरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको चन्द्रौटास्थित नापी कार्यालयका सर्वेक्षक बेचनप्रसाद गुप्ता तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलबाट खटिएको टोलीले गत जेठ २५ गते उनलाई ३५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । जग्गा कित्ताकाट गरी बिक्री तथा अंशबण्डा गर्ने प्रयोजनार्थ तेलीले एक सेवाग्राहीबाट ३५ हजार घुस लिएको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

बिज्ञापन

अख्तियारले अनुसन्धानको क्रममा जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग उक्त रकम बुझेको खुल्न आएको अख्तियारले जनाएको छ । आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम ३५ हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबीसहित मुद्धा दायर गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फेरिदैं छ काठमाडौं सडकको रुपरङ्ग

आगामी आर्थिक बर्षका लागि १९ अर्बको बजेट सिलिङ

लिबिया: राजनीतिक अशान्ति, अमेरिकी प्रभुत्व, तेल राजनीति र उत्तर–अफ्रिकी भू–राजनीतिक परिदृश्य

११ जिल्लाको निर्वाचन गराउने जिम्मा महिलाको काँधमा,मुस्ताङमा सिडियो र डिएसपी नै महिला

सचिव घिमिरे अनिवार्य अवकाशमा,चालु आवमा घर जाँदैछन् यी पाँच सचिव

एमालेका संविधानसभा सदस्य तथा रसुवा अध्यक्ष जनार्दन ढकाल कांग्रेस प्रवेश, रुखमा मतदानको अपिल

वालेनको नागरिकता कीर्ते,पाँच बर्ष जेल हाल्न माग गर्दै गृहमा उजुरी

पाँच करोडको अडियोले हल्लियो भौतिक मन्त्रालय, अख्तियार किन मौन?

बिशेष