आमाछोदिङमोमा पाइलैपिच्छे अनियमितता :- एक बर्षमै २ करोड २९ लाख बेरुजु

सरकारी अधिकारीहरुले रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकामा २ करोड २८ लाख ७७ हजार बेरुजु रहेको औल्याएका छन् । गत आर्थिक बर्षको उक्त पालिकाको लेखापरीक्षण गर्दा २ करोड २८ लाखको हिसाब किताब गोलमाल भएको महालेखाका अधिकृतहरुले प्रतिवेदन तयार पारेको छन् ।

बिज्ञापन

महालेखाले तयार पारेको अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुसार उक्त पालिकाले असुल उपर गर्नुपर्ने बेरुजु १० लाख २२ हजार,कागज तथा प्रमाणपत्र नपुगी भुक्तानी भएको ५४ लाख ३ हजार,नियमित गर्नुपर्ने १ करोड ४७ लाख ९१ हजार,पेश्की वापत भुक्तानी गरिएको १० लाख ६१ हजार रहेको प्रतिवेदनमा औल्याइएको छ ।
महालेखाले उक्त पालिकाको आर्थिक बर्ष ७८/ ७९ सम्म सरेर आएको बेरुजु १३ करोड ४९ लाख ७२ हजारसमेत गरी उक्त पालिकाको बेरुजुको भ्योल्युम १५ करोड ७८ लाख ४९ हजार पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बिज्ञापन

प्रतिवेदन अनुसार,उक्त पालिकाको हिसाब किताबमा गोलमाल गरिएको छ । गाउँपालिकाको लेखाप्रणाली व्यवस्थापन गर्ने सूत्र प्रणालीमा सञ्चित कोषमा ४२करोड ८७ लाख ३७ हजार ३८७ रुपैंया ३७ पैसा रहेको उल्लेख गरिएको भए पनि सोही प्रणालीको सञ्चित कोषको अवस्था देखिने अनुसूची १० मा ३२ करोड ७० लाख ८४ हजार ७५८ रुपैंयामात्र देखिएको छ । अर्थात १० करोडको हिसाब किताब प्रणालीमा छैन । सञ्चित कोषको हिसाब यकिन हुने गरी अभिलेख राख्न महालेखाले निर्देशन दिएको छ ।

पालिकाले ओएण्डएम सर्भे नगरी ५३ पदमा ५३ जना कर्मचारी कार्यरत रहेको छन् । उनीहरुलाई १ करोड ९१ लाख ८१ हजार खर्च देखाएको छ । सथनीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ (८)ले गाउँपालिकाको नगर प्रहरी,सवारी चालक,सयश,कार्यालय सहयोगी,पलम्बर र चौकीदारमात्र करारमा लिन सक्ने व्यवस्था भए पनि उक्त विभिन्न १० कर्मचारीलाई इञ्जिनियर र सब इञ्जिनियरमा भर्ना गरेर ६८ लाख २३ हजार ६५० भुक्तानी गरेको देखिएकोले नियमविपरित भएको उक्त भुक्तानी असुल उपर गर्ने भनेको छ । यस्तै नियम विपरित कर्मचारी प्रोत्साहन भत्ता शीर्षकमा २ लाख ८८ हजार १८१ रुपैंया भुक्तानी भएको, यस्तै पालिकाले वित्तिय समानीकरण अनुदानमार्फत प्राप्त ५ लाख रकम कर्मचारी कल्याण कोषमा ट्रान्सफर गरि हालसम्म कोषमा १७ लाख ५० हजा जम्मा गरिएकोलाई समेत अनियमितता भनेको छ । जबकी कानुनले अनुदानमा प्राप्त रकमलाई यसरी कोषमा ट्रान्सफर गर्ने व्यवस्था दिएको छैन ।

बिज्ञापन

यस्तै पालिकाले विभिन्न २३ व्यक्ति तथा संस्थालाई ९ लाख २३ हजार आर्थिक सहायता दिएको,गत बर्ष खाना तथा विविध शीर्षकमा ४ लाख खर्च भएको बिषयमा समेत यस्तो खर्चमा मितव्ययिता कायम गर्न भनेको छ । पालिकाबाट जनचेतनामुलक तालिम,चर्चका लागि सामान किन्नका लागि भएको १ लाख ९८ हजार भुक्तानी,बृत्तचित्र निर्माणका लागि एउटै मिडियालाई दिइएको ४ लाख भुक्तानीलाई सैद्धान्तिक बेरुजुमा राखेको छ ।

यस्तै पालिका अध्यक्षले कानुनले नदिएको दशैं खर्च सुविधा लिएको भेटिएको छ । स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवा सुविधासम्बन्धी व्यवस्थाले नै पदाधिकारीले के के सुविधा लिन पाउँछन् वा पाउँदैनन् स्पष्ट व्यवस्था गरेको छ । उक्त पालिकाका अध्यक्ष बुचुङ तमाङले दशै खर्च वापत ३३ हजार ५ सय वडा अध्यक्ष धर्म तमाङले यातायात खर्चवापत लिएको १२ हजार गरी ४५ हजारलाई असुल उपर गर्नुपर्नेमा राखेको छ ।

यस्तै पालिकाले २० लाख रुपैंया अबण्डामा राखेर मनलाग्दी खर्च गरेको भेटिएकोले यस्ता खर्चलाई नियन्त्रण गर्ने प्रतिवेदनमा सुझाव दिएको छ ।बोङ्जो डाडासम्म पर्यटन पदमार्ग निर्माण शीर्षकमा निकासा भएको १ लाख ३२ हजार,करार सेवा शुल्कका नाममा भुक्तानी गरिएको ६ लाख २९ हजार,एमआइएस अपरेटर फिल्ड सहायक पारिश्रमिक ३ लाख २० हजार लगायतमा विनियोजन भन्दा १० लाख बढी बजेट खर्च भएको देखिएको छ ।

यस्तै पालिकाले मृत्यु भइसकेका विभिन्न व्यक्तिका नाममा समेत ८५ हजार सामाजिक सुरक्षा भत्ता उपलव्ध गराएको भेटिएको छ । सामुदायिक भवन,विद्यालय भवन,सडक ढलान लगायतका काम बोलपत्र गरी अनुभवी निर्माण व्यवसायी फर्मबाट गराउनु पर्नेमा उपभोक्ता समितिमार्फत यस्ता काम गराई १ करोड ३० लाख बढी भुक्तानी गराइएकोलाई अनियमितता लेखेको छ,महालेखाले प्रतिवेदनमा ।

यस्तै पालिकाले गत बर्ष विभिन्न ८० उपभोक्ता समितिसँग सम्झौता गरी ९ करोड ५५ लाख भुक्तानी गरेको देखिएको छ । यसरी कार्य गर्न गठन भएको उपभोक्त समिति समेत ऐन अनुसार दर्ता भएको नदेखिएको प्रतिवेदनमा लेखेको छ ।

यस्तै पालिकामा डिपिआर,ठेक्का,ढुंगाको बढी भुक्तानीमा समेत बदमासी गरेको भेटिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष