यसरी हेर्ने सकिन्छ एसईईको नतिजा

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईईको नतिजा सार्वजनिक गरेको छ । कार्यालयले बिहीबार बिहान नतिजा सार्वजनिक गरेको हो । लेटर ग्रेडिङ’ निर्देशिका, २०७८ अनुसार सार्वजनिक भएको नतिजा अनुसार परीक्षामा सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएका छन् । नतिजा अनुसार, २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । परीक्षामा सहभागी भएकामध्ये ५२ दशमलव १४ प्रतिशत परीक्षार्थीले ननग्रेड ९एनजी० ल्याएका छन् ।

बिज्ञापन

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशत अर्थात् २६ दशमलव २५ अंक अनिवार्य ल्याउनैपर्ने अन्यथा अनुत्तीर्ण भएको ‘एनजी’ उल्लेख गरिएको ‘ग्रेडसिट’ तयार गरिएको छ । १८६ जनाले ४ जीपीए ल्याएका छन् ।

बिज्ञापन

दुईभन्दा बढी विषयमा न्यूनमत ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् ।

बोर्डका अनुसार एसईईको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण विभिन्न वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने जनाएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, नेपाल टेलिकम, खल्ती, इसेवा, एनसेललगायतका वेबसाइटमार्फत् पनि नतिजा विवरण हेर्न सक्नेछन् ।

बिज्ञापन

नेपाल टेलिकममार्फत एसएमएस र आईभीआर (१६०० सर्टकोड) मार्फत हेर्न सकिनेछ । यस्तै स्विफ्ट टेक्नोलोजी, जानकी टेक्नोलोजी, इजी सर्भिस र आकाश टेकमार्फत एसएमएसमार्फत क्रमशः सर्टकोटहरु ३४४५५, ३५००१, ३४९४९, ३१००३ प्रयोग गरेर हेर्न सकिनेछ ।

यस्तै राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट www.see.gov.np, राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.np लगायतका वेबसाइट प्रयोग गरेर हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

तीन बर्ष अदालतको चक्करपछि बल्ल उक्लिइन उपसचिवमा

जिम्मेवारीबाट भाग्ने हाकिम बुढा, न्याय खोज्दै जनता

सरुवा भएको दुई महिना बित्दा समेत चिकित्सकले बुझेनन् रमाना

गगनले दिए काँग्रेस सभापतिबाट राजीनामा

संशोधनको प्रक्रियामा भवन ऐन : मापदण्डविपरित कार्य गरे १० गुणा बढी जरिवानाको प्रस्ताव

रसुवा भन्सारमा ‘दररेटको साम्राज्य’: राजस्व रित्तिँदै, कर्मचारी मालामाल

मन्त्रिपरिषद्को बैठकको निर्णय : प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

भौतिक मन्त्री बन्न ‘त्रिपक्षीय भिडन्त’

बिशेष