सरकारी पत्र कीर्ते गरेर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

कर्मचारी वृत्तमा अनेकन नमुनाहरु देखा पर्दछन्,यस्तै नमुना अधिकृतले सरकारी कागजपत्र कीर्ते गरेर प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिएको खुलेपछि उनीमाथि सरकारी कागजात कीर्ते प्रकरणमा अनुसन्धान अगाडि बढेको छ । अधिकृत सातौं तहका कर्मचारी,सोही पालिकाको सबैभन्दा बरिष्ठ । उनलाई प्रमुख प्रशासकीय अधिकृत हुने रहर जाग्यो,प्रशासनिक र पूर्ण आर्थिक अधिकारसहितको । सोही रहर पूरा गर्न पालिकाले यस अघि तयार पारेको काज सरुवा सहमति पत्रलाई कीर्ते गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आफैं पुगे । मन्त्रालयमा धाएर सोही पालिकाको प्रमुख प्रशसकीय अधिकृतको जिम्मेवारी पाएको पत्रसहित उनी अस्ति सोमबार पालिकाका हाजिर भएपछि उनको कीर्ते धन्दा छरपष्ट भएको हो ।

बिज्ञापन

यसरी सामान्य प्रशासनका हाकिमहरुलाई गुमराहमा पारेर र सेटिङ मिलाएर प्रमुख प्रशासकीय अधिकृतको पत्र फुत्काइसकेपछि अहिले अधिकृतले तयार पारेको पत्र कीर्ते भएको उजुरी नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेपछि अहिले त्यहाँ हलचल मच्चिएको छ । यसरी नगरपालिका पत्र र नगप्रमुखको कीर्ते हस्ताक्षर गरी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिने अधिकृत सातौं तहका कर्मचारी हुन हरिओमप्रसाद जयसवालले । उनी वाराको सिम्रौनगढ नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए ।

बिज्ञापन

नगरप्रमुखको कीर्ते हस्ताक्षर र पालिकाको लेटरप्याड प्रयोग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेस गरेको र सोही आधारमा उनलाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको रहष्य सोमबार खुलेको छ । नगरपालिकाले मिति २०८१ बैशाख २४ गतेको चलानी नम्बर १३८० बाट नगरपालिकाले काज सरुवा सहमति दिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको पत्रलाई जयसवालले प्रविधिको प्रयोग गरी सो पत्रमा किर्ते गरेको पाइएको हो । मन्त्रालयको उक्त पत्रलाई कीर्ते गरी सामान्यमा पत्र पठाएपछि सोही पत्रका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ०८१ असार ९ गते चलानी नम्बर २४७४ पत्रले पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हरिओमप्रसाद जयसवाललाई दिएको पत्र तयार पारिएको छ ।

मन्त्रालयले सिम्रौनगढ नगरपालिकाबाट पत्र लिई आएका हरिओमप्रसाद जयसवाललाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा ४ अनुसार प्रमुख प्रशासकीय अधिकृतलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको जबाफ दिएको छ । जयसवाल उक्त नगरपालिकामा कार्यरत रहेका कर्मचारीमध्ये सबैभन्दा उच्च तहको कर्मचारी हो भनी सिफारिस भएका कारण कानुनबमोजिम जिम्मेवारी दिइएको हो, तर सो सरकारी पत्र किर्ते गरी ल्याइएको हो वा होइन भन्नेबारेमा सत्यतथ्य सम्बन्धित निकायले छानबिन गरेपछि मात्र थाहा हुने सामान्यका अधिकारीहरुले प्रतिक्रिया दिएका छन् ।

बिज्ञापन

यसरी कीर्ते गरेर प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिइएको भेटिएपछि नगरप्रमुख किशोरीप्रसाद कलवारले यस घटनाको जानकारी पाउनेबित्तिकै जयसबालको तोकिएको जिम्मेवारी बदर गर्न र सरकारी कागजको किर्ते गरेकोमा उनलाई कानुनी कारबाहीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री, अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र कोष तथा लेखा निरिक्षण कार्यालय, कलैया बारालाई समेत पत्रचार गरी जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।