भ्रष्टपथमा कर्मचारीतन्त्र :- ११ महिनामै १० सचिव,२५ सहसचिवसहित ४ सय ३५ विरुद्ध मुद्धा

स्थायी सरकारको रूपमा रहेको निजामती प्रशासनका उच्चपदस्थ कर्मचारी नै भ्रष्टाचारको दलदलमा फसेका छन्। जनतालाई सेवा दिने मात्र होइन, मुलुकको प्रशासनिक जिम्मेवारी बोकेका मुख्यसचिवदेखि सचिव, सहसचिव, उपसचिव अधिकृतसम्म भ्रष्टाचारको दलमा फस्दै जान थालेका हुन्। बहालवाला मुख्यसचिव,सचिव,सहसचिदेखि तल्ला तहका कर्मचारीहरु भ्रष्टाचार मुद्धा खेप्दैछन् ।

बिज्ञापन

चालु आर्थिक वर्ष २०८०/ ८१ को ११ महिनामामात्र सचिव तहका १० कर्मचारीहरु उपर भ्रष्टाचार मुद्धा चलेको छ । यस्तै सहसचिव तहमा २५ जना डामिएका छन् । पछिल्लो ११ महिनामा ४३५ कर्मचारीहरु भ्रष्टाचार मुद्धामा डामिएका छन् । जेठ महिनामा मात्र ६० जना कर्मचारीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। अर्थका सहसचिव रितेश शाक्य,टंक पाण्डेदेखि सुरक्षण मुद्रणकोषा कर्मचारी भ्रष्टाचार मुद्धा खेपेर निलम्बित छन् । यस्तै वाइडवडी जाहाज खरिद प्रकरणमा बुद्धिसागर लामिछाने सहितका कर्मचारीहरु भ्रष्टाचार मुद्धाका कारण निलम्बनमा परेका छन् ।

बिज्ञापन

मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा तीन पूर्वसचिवविरुद्ध सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुरविरुद्ध अख्तियारले मुद्दा हालेको छ। अध्यागमन प्रमुख सहसचिव रुद्रसिंह तामाङ पनि भ्रष्टाचार मुद्दामा परेका छन्। यस्तै गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेर काम गरेका वीरेन्द्रदेव भारतीसहितका तीन कर्मचारी भ्रष्टाचार मुद्धा खेपिरहेका छन् ।
पर्यटन बोर्ड कार्यकारी समितिका तत्कालीन अध्यक्ष सुशील घिमिरे, तत्कालीन सदस्य एवं वन तथा भूसंरक्षण मन्त्रालयका तत्कालीन सचिव शरदचन्द्र पौडेलले पनि भ्रष्टाचार मुद्दा खेपेका छन्।

भिजिट भिसाका नाममा मानव तस्करी गरेको आरोपमा ताराबहादुर कुँवर, अध्यागमन अधिकृत कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो लिम्बु, नरबीर खड्कालगायतलाई अख्तियारले मुद्दा दायर गरेको हो । खड्काबाहेक अन्य कर्मचारी धरौटीमा रिहा भएर काममा फर्किएका छन् ।
का छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार चालु आर्थिक बर्षको जेठ महिनासम्ममा ४ सय ३५ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो । यो अवधिमा २ सय ३४ जनप्रतिनिधिहरूमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ। जेठको पहिलो सातासम्म अख्यिारबाट मुद्दा दायर भएकाहरूमा ९ जना विशिष्ट श्रेणी (सचिव) स्तरका कर्मचारी छन् । उनीहरू ठेक्का पट्टा, अकुत सम्पत्तिलगायतका भ्रष्टाचार प्रकरणमा परेका हुन् । यसै गरी सो अवधिमा भ्रष्टाचारमा मुद्दा लाग्नेमा २५ जना सहसचिवस्तरका कर्मचारी छन् । यस्तै, भ्रष्टाचार मुद्दा लाग्नेमा उपसचिवस्तरका ५९ जना, शाखा अधिकृतस्तरका १ सय ३५ जना, लेखापाल ४३, नासु तथा सब इन्जिनियरस्तरका १ सय २२ , खरिदार २४, जुनियर कर्मचारी १२ र कार्यालय सहयोगी २ जना रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । भ्रष्टचार मुद्दा दायर हुनेमा प्रशासन सेवाका १ सय ९३ जना र प्राविधिक सेवाका २ सय ३ जना रहेका छन् ।

बिज्ञापन

यस्तै यो अवधिमा ७१ निर्वाचित जनप्रतिनिधि,मनोनीत १६३,२ जना लेखापढी व्यवसायी,बिचौलिया १ र व्यवसायी ५६ जनाविरुद्ध अख्तियारले मुद्धा चलाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फेरिदैं छ काठमाडौं सडकको रुपरङ्ग

आगामी आर्थिक बर्षका लागि १९ अर्बको बजेट सिलिङ

लिबिया: राजनीतिक अशान्ति, अमेरिकी प्रभुत्व, तेल राजनीति र उत्तर–अफ्रिकी भू–राजनीतिक परिदृश्य

११ जिल्लाको निर्वाचन गराउने जिम्मा महिलाको काँधमा,मुस्ताङमा सिडियो र डिएसपी नै महिला

सचिव घिमिरे अनिवार्य अवकाशमा,चालु आवमा घर जाँदैछन् यी पाँच सचिव

एमालेका संविधानसभा सदस्य तथा रसुवा अध्यक्ष जनार्दन ढकाल कांग्रेस प्रवेश, रुखमा मतदानको अपिल

वालेनको नागरिकता कीर्ते,पाँच बर्ष जेल हाल्न माग गर्दै गृहमा उजुरी

पाँच करोडको अडियोले हल्लियो भौतिक मन्त्रालय, अख्तियार किन मौन?

बिशेष