३८ करोड भ्रष्टाचारमा डामिएका बैकुण्ठको अदालतबाट मुद्धा जितेर फर्किने ‘कन्फिडेन्स’

 

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै मुख्यसचिवका लागि दौडधुप शुरु भएको छ । वर्तमान मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध मुद्दा दायर गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहालदेखि अख्तियारका आयुक्तहरुले समेत राजीनामा दिन सुझाव दिएका थिए तर मुख्यसचिव अर्यालले राजीनामा दिएनन् । मुद्धा चल्ने दिन बिहान ६ बजे प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए अर्याल । प्रधानमन्त्रीले राजीनामा दिन आग्रह गरे पनि नमान्नुको कारण भोलिका दिनमा मुद्दा जितेर आउनसक्ने सम्भावना र यो पदमा बसेर दाग लाग्ने पहिलो मुख्यसचिव बन्न नपरोस् भन्ने अभिप्राय नै हो भन्ने बुझिन्छ ।
प्रधानमन्त्रीले विकसित घटनाक्रमवारे जानकारी गराउँदै राजीनामा दिन सुझाएको भए पनि उनले राजीनामा दिएनन्,बरु आठ बजे सिंहदरबार पुगे,त्यहाँ हाजिर गरेर उनी निस्किएका थिए ।

बिज्ञापन

उनले प्रधानमन्त्री र अख्तियारका आयुक्तहरुलाई आफू मुद्धा जितेर फर्किने जबाफ दिएको उनीनिकट स्रोतले जनाएको छ ।

उसो त यस अघि गत असोज १५ गते सचिव मधु मरासिनीलाई अख्तियारले भ्रष्टाचार मुद्धा चलाएको थियो । उनले पनि राजीनामा दिएनन् । मधुले पनि आफू निकटस्थहरुलाई आफू ६ महिनाभित्रैमा मुद्धा जितेर काममा फर्कने बताउँथें अहिले बैकुण्ठ पनि उसैगरी मुद्धा जितेर फर्कने बताउने गरेका छन् । उसो त बैकुण्ठ अर्याल अन्तशूल्क स्टिकर प्रकरणमात्र होइन टेरामेक्स,टेलिकमको बिलिङ,विकल पौडेलसँगको अस्वभाविक कारोवारदेखि मन्त्रीपरिषद्को निर्णय कीर्ते लगायतका ६ ६ वटा भ्रष्टाचार प्रकरणमा अनुसन्धन चलिरहेको छ ।
मुख्यसचिव अर्यालले आफू मुद्धा जितेर काममा फर्कने बताएसँगै सरकारले भ्रष्टाचार मुद्धा चलेका मुख्यसचिवका लागि विशेष दरबन्दी सृजना गरेर राष्ट्रिय योजना आयोगमा राखिएको छ । यसरी १८ वर्षअघि तत्कालीन मुख्यसचिव लोकमानसिंह कार्कीलाई थन्क्याउन राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेझैं सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा। वैकुण्ठ अर्यालका लागि राष्ट्रिय योजना आयोगमा मुख्यसचिवसरह राजपत्रांकित विशिष्ट श्रेणीको विशेष पद सिर्जना गरिएको हो ।

बिज्ञापन

अर्याल चोरबाटोबाट मुख्यसचिव बनेका थिए । विचौलिया विकल पौडेलहरुकै जोडबलमा उनी मुख्यसचिवको कुर्सीमा पुगेका थिए । तत्कालीन मुख्यसचिव शंकरदास वैरागीका लागि नयाँ पद राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार पद सिर्जना गरेर २०८० असारमा मुख्यसचिव बनाइएको थियो । बर्ष दिन पछि उनी भ्रष्टाचार मुद्धा लागेर निलम्बनमा परेका छन् ।

निजामती कर्मचारी निलम्बन हुँदा पनि त्यस अवधिभर मासिक तलब ५० प्रतिशत तलब पाउने प्रावधान छ । त्यसका लागि पनि विशेष पद सिर्जना गर्नुपर्ने भएको हो । यता,प्रधानमन्त्री दाहाल बोल्ड मुख्यसचिवको खोजीमा छन् । वरिष्ठताको आधारमा डा.तोयनारायण ज्ञवालीको अवधि डेढ महिना मात्रै बाँकी छ । माओवादी निकटका सचिव रामकृष्ण सुवेदी, दिनेश भट्टराई देखि गृहसचिव एकनारायण अर्यालसम्म सचिव बन्ने प्रतिष्प्रर्धामा छन् ।

कर्मचारी वृत्तमा एउटा अर्याल मुद्धा चलेर निलम्बित भएसँगै मुख्यसचिवकोे कुर्सीमा अर्काे अर्याल पुग्ने टिप्पणी गर्दैछन् कारण एकनारायण अर्यालले एमाले,माओवादी,रास्वपा मिलाउने सक्ने क्षमता भएका प्रशासक भएका कारण सम्भवत उनी नै अबको मुख्यसचिव हुनसक्ने प्रशसन वृत्तमा आकलन गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष