मुख्यसचिव, १ सचिव,दर्जन सहसचिवसहित २१६ कर्मचारी निलम्बित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्त शुल्क स्टिकरमा भएको भ्रष्टाचार प्रकरणमा मुख्यसचिव बैकुण्ठ अर्याललाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा चलाएसँगै उनी स्वत निलम्बनमा परेका छन् । अख्तियारले यो प्रकरणमा सहसचिव रितेश शाक्य,उपमहानिर्देशक टंक प्रसाद पाण्डेलागयतलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा चलाएसँगै उनीहरु निलम्बनमा परेका छन् ।

बिज्ञापन

भ्रष्टाचार निवारण ऐनको दफा ३३ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १७ अनुसार सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले भ्रष्टाचारजन्य कार्य गरेको विषयमा आयोगबाट अदालतमा आरोपपत्र दायर गरेपछि पदबाट निलम्बन हुन्छ । यसरी मुद्दा चलेपछि त्यसको किनारा नभएसम्मका लागि स्वतः पदबाट निलम्बन भएको मानिन्छ । निलम्बन अवधिमा त्यस्तो व्यक्तिले कुनै सरकारी कार्यालय वा सार्वजनिक संस्था वा सरकारलाई कुनै किसिमले प्राप्त ऋण वा अनुदान रकममा व्ययभार पर्ने पदमा नियुक्ति भई काम गर्न नपाउने व्यवस्था छ । अदालतमा मुद्दा दायरसँगै निलम्बन भएको भन्ने पत्र आयोगले सम्बन्धित निकायमा पठाउँछ । तर, मुद्दा दायर भएकै क्षणदेखि स्वतः निलम्बन हुने ऐनको व्यवस्था हो । निलम्बित अवधिमा उनीहरूले खाइपाई आएको तलबको आधा रकम मात्रै पाउँछन् ।

बिज्ञापन

यस अघि नै सचिव टेकनारायण पाण्डे निलम्बनमा छन् । साउन यता नै यौनकाण्ड लागेर इञ्जिनियर हरिकुमार पोखरेल जेलमा पुगेका छन् । यस्तै सहसचिवहरुमा वीरेन्द्र भारतीसहित रुद्रमान सिंह तमाङ,सचिव बन्ने लाइनमा रहेका बुद्धिसागर लामिछाने लगायतका सहसचिवहरु निलम्बनमा परेका छन् । यसरी निलम्बनमा पर्ने कर्मचारीको संख्या २५० बढी रहेकोमा ३४ जना कर्मचारीको मात्र विशेष अदालतबाट मुद्धा जितेर निलम्बन फुकुवा भएको निजामती किताबखानाले जनाएको छ ।

अख्तियारले मेलम्चीमा भएको भ्रष्टाचार प्रकरणमा डामेसँगै रुद्रमान सिंह तमाङ,पर्यटन मन्त्रालयका सहसचिव भ्रष्टाचार मुद्धा चलाएस्ँगै उनी पनि निलम्बनमा परेका छन् ।  यस्तै सचिवमा बढुवा हुने लाइनमा रहेका पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने नेपाल वायु सेवा निगमका लागि दुईवटा वाइडबडी जहाज खरिदका क्रममा भएको भनिएको भ्रष्टाचार प्रकरणमा मुछिएर निलम्बित छन् । यसरी निलम्बित हुने कर्मचारीको संख्या थपिएको थपियै छ । पछिल्लो ११ महिनामा ४५ प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा चल्यो । जसमा १७ ले पाए सफाइ पाएका छन् ।  भ्रष्टाचार मुद्दा लागेर अहिले स्थानीय तहका २८ प्रमुख प्रशासकीय अधिकृत निलम्बनमा छन् । चालु आर्थिक बर्षको ११ महिनाको अवधिमा भ्रष्टाचार मुद्दा दायर भएपछि ४५ प्रमुख प्रशासकीय अधिकृत र ७६ अन्य तहका कर्मचारी निलम्बनमा परेका थिए । निलम्बित हुनेमा उपसचिव तहका प्रमुख प्रशासकीय १२ जना, शाखा अधिकृत तहका सातजना र निमित्त प्रमुख प्रशासकीय अधिकृत ११ जना थिए ।

बिज्ञापन

यस्तै गोदावरी नगरपालिकाको तत्कालीन तीन जना प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा चलेसँगै उनीहरु पनि निलम्बनमा पर्नेमा थपिएका छन् । सर्लाहीको चर्चित भरत ताल निर्माणमा ३० करोड भ्रष्टाचार गरेको अभियोगमा प्रशासकीय अधिकृत विमलकुमार पोखरेल निलम्बनमा परेका छन् । निजामती किताबखानाको पछिल्लो अभिलेख हेर्ने हो भने पाँच बर्षको अवधिमा २५० कर्मचारी विभिन्न काण्ड र फण्डामा मुछिएर निलम्बनमा परेका छन् । तीमध्ये ३४ कर्मचारीको मात्र निलम्बन फुकुवा भएको र यद्यपि २१६ कर्मचारी निलम्बनमै रहेको निजामती किताबखानाले जनाएको छ । यो सबै सेवा र समूहको हिसाब किताब हो ।

प्रशासन सेवाको मात्र हिसाब गर्ने हो भने पछिल्लो दुई बर्षमा १०५ कर्मचारी निलम्बनमा छन् । जसमध्ये यौनकाण्डमा डामिएका एक जना निलम्बनमा छन् । यसरी निलम्बनमा पर्नेमा सचिव तहसम्मका कर्मचारीहरु रहेका छन् । यही आर्थिक बर्षमा दुई उच्च प्रशासक निलम्बनमा परेका छन् । जसमध्ये टेकनारायण पाण्डे नक्कली भुटानी शरणार्थी प्रकरणमा परेर अहिले जेलमा पुगेका छन् । साउन यता नै यौनकाण्ड लागेर इञ्जिनियर हरिकुमार पोखरेल जेलमा पुगेका छन् । मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इञ्जिनियर पोखरेललाई काठमाडौं जिल्ला अदालतले जर्बजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइसकेको छ । उनीबाहेक यस्तै काण्ड लागेका चार जना यौनकाण्ड लागेका कर्मचारी भने पूर्ववत जिम्मेवारीमा फर्किसकेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार,पछिल्ला दुई बर्षमा सहसचिव ८, १३ जना उपसचिव, ३३ जना अधिकृत, ११ जना नायब सुब्बा र एक जना खरिदार गरि ६० जना कर्मचारी निलम्बनमा परेकामध्ये २३ जनाको निलम्बन फुकुवा भएको थियो । यो आर्थिक वर्षको फागुन सम्ममा भने दुई सचिवसहित दुई जना सहसचिव, पाँच जना उपसचिव, २१ जना अधिकृत, ८ जना नायब सुब्बा र ६ जना खरिदार गरि ४३ जना निलम्बन भएको देखिन्छ ।

साधरणतया भ्रष्टाचार लगायतका काण्डमा मुछिएका कर्मचारीहरु निलम्बनमा पर्दछन् । अख्तियारले विशेषमा भ्रष्टाचार मुद्धा दायर गरेपछि कर्मचारीहरु स्वत निलम्बनमा पर्दछन् । ती कर्मचारीलाई अतिरिक्त समूहमा राखिन्छ । अतिरिक्तमा परेका कर्मचारीहरु आन्तरिकमा सारिदिन्छ । ती सबै चिठी आन्तरिक शाखामा नआउने र अदालत गएर मुद्धा जितेर फर्किएकामात्र आन्तरिक शाखामा आउने हुँदा यसरी निलम्बनमा पर्ने कर्मचारीको संख्या अझैं धेरै हुनसक्ने सामान्य प्रशासनका एक सहसचिव बताउँछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कसरी जोगाउने मृगौला : के खाने,के नखाने ?

थपिएको छ– मोटोपन

परराष्ट्रको सवारी मर्मतमा ५ करोड ३२ लाख,इन्धनमा ५ करोड ३३ लाख स्वाहा

भ्रमण स्वीकृति नगराई मन्त्री र जनप्रतिनिधिको लस्कर विदेशतिर

निजामती विधेयकमा कर्मचारीको असन्तुष्टि, आन्दोलनको तयारी

महत्वपूर्ण विषय समावेश नगरी विद्येयक पारित गरिएकोमा कर्मचारी युनियनको आपत्ति

शिशिर बुढाथोकीको गजल

सगरमाथा संबादकाे दाेस्राे दिन, छलफलमा २३ टोलीले भाग लिदैँ

बिशेष