पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी फेरि राजदूत बन्ने भएका छन् । सरकारले गत जेठ २४ गते काँग्रेसी कोटाबाट नियुक्त भएका ११ देशको राजदूत फिर्ता बोलाएको थियो । भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएर ती ठाउँमा यस अघि राजदूत बनिसकेका युवराज खतिवडा, लोकदर्शन रेग्मी, दावाफुटी शेर्पा, नारायण संग्रौला, उदयराज पाण्डे, शर्मिला पराजुली, निर्मल विश्वकर्मालगायतलाई खटाउन लागिएको हो ।
बिज्ञापन
एमालेको कोटामा ८,माओवादी १ र रास्वापाले २ देशको राजदूत पाउदै छन् ।एमालेको कोटाबाट लोकदर्शन रेग्मी फेरि राजदूत बन्न लागेका हुन । यस अघि अवकाशको २२ दिन अघि शंकरदास बैरागीलाई मुख्यसचिव बनाउने गरी राजीनामा दिएवापत राजदूत उपहारमा पाएका रेग्मीलाई फेरि राजदूतको जिम्मेवारी दिन लागिएको हो ।
बिज्ञापन
अवकाशको २२ दिनअघि मुख्यसचिव लोकदर्शन रेग्मीलाई राजीनामा दिन लगाई बेलायतको राजदूत पद दिएर शंकरदास बैरागीलाई मुख्यसचिवमा नियुक्त गरिएको थियो । पछि तिनै वैरागीका लागि नयाँ पद श्रृजना गरी काण्ड काण्डमा मुछिएका बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाइएको छ । यस अघि रेग्मीले आफु मुख्यसचिव हुन जालझेल गरेका थिए । तत्कालिन मुख्यसचिव सोमलाल सुवेदीलाई आफ्नो अनुकुल हुने गरी राजिनामा दिन लगाई राजेन्द्रकिशोर क्षेत्रीलाई तीन महिनाका लागि मुख्यसचिव बनाएर आफ्ना प्रतिस्पर्धीलाई पाखा लगाई मुख्यसचिव भएका थिए ।
निजामती प्रशासनको मुख्यसचिव पदबाट रेग्मी सहसचिव पदस्थापन हुने बेलायतको राजदूत पदमा नियुक्त भएका थिए । पछि काँग्रेस माओवादीको सरकार हुँदा फिर्ता बोलाइएका रेग्मीलाई एमाले र माओवादीको गठबन्धन सरकारले राजदूत बनाएर भारत पठाउने तयारी गरिरहेको हो ।