यी हुन गिरीबन्धु-टी स्टेटको जग्गा प्रकरणमा जोडिएका कर्मचारी

अहिले चर्चामा रहेको गिरिबन्धु टी स्टेटको जग्गा प्रकरण । यस्लाई कानुनी क्षेत्रका जानकारहरु राजनीतिक तबरबाट भएको ठूलो बेइमानीको संज्ञा दिन्छन् । यो प्रकरणमा कुन कुन कर्मचारीहरु मोहरा बने अर्थात कुन कुन कर्मचारीहरु मुछिन्छन् ?

बिज्ञापन

सर्वोच्च अदालतले झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडस्थित गिरीबन्धु टि स्टेटको जग्गा व्यक्ति वा संस्थाको नाममा सट्टापट्टा हुने गरी तत्कालीन सरकारले बनाएको ऐन नियम र विभिन्न समयमा गरेका निर्णयहरू खारेज गरिदिएपछि विचौलियादेखि व्यापारीहरु छटपटीमा परेका छन् । सरकारी स्वामित्वमा आउनुपर्ने गिरिबन्धु टी स्टेटको २ सय ८० रोपनी जग्गा विभिन्न प्रपञ्च रचेर व्यक्ति तथा संस्थाको नाममा हत्याउन केही व्यापारी र विचौलियाहरु हात धोएर लागेका थिए ।

बिज्ञापन

यो प्रक्रिया चाहिँ २०७६ सालमा तत्कालीन केपी ओली नेतृत्वको सरकारमा अगाडि बढेको हो । व्यापारी तथा विचौलियाहरुलाई पोस्ने गरी उनीहरुकै योजनामा भू–उपयोग ऐन २०७६ मा संशोधन गरिएको थियो। त्यसमा हदबन्दी लागेका जग्गाहरू अन्यत्र सस्ता जग्गा दिएर साट्न पाइने व्यवस्था हालिएको थियो । गिरीबन्धु टी–स्टेटको क्षेत्रफल ३४३ बिघा १९ कट्ठा १२ धुर छ। त्यसमध्ये ५१ बिघा २०६०/६१ सालमै सट्टापट्टा तथा बिक्री वितरण भइसकेको थियो । सर्वाेच्चको आदेशसँगै भूमाफियाले हत्याउन खोजेको गिरिबन्धुको नाममा रहेको कुल ३ सय ४३ बिघा जग्गा अब स्वतः सरकारको नाममा आउँदै छ ।

यो अपराध कर्ममा सामेल गराउन खोजिएको थियो तत्कालीन सचिव केदार न्यौपानेलाई । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका केदार न्यौपाने ७६ फागुन २० गते सरुवा भएर भूमि सुधार मन्त्रालयमा पुगे । झापाको नाता लगाउँदै एमालेले सम्हालेको मन्त्रालयमा लगिएको उनलाई ५ महिनामै त्यहाँबाट फालियो । हुत्याउनु पर्ने कारण थियो,उही गिरिबन्धु टीको जग्गा सट्टापट्टा गर्न नमिल्ने अडान लिनु । गिरीबन्धु टीको बिषयमा राम्रो जानकार,न्यौपानेले त्यहाँ कलम चोप्न नमान्दा जगेडामा मात्र परेनन,जागिरे जीवनभर राम्रो कार्यालय पाएनन् । गिरीबन्धुको जग्गा सट्टापट्टा दिन मिल्ने गरी नियमावली बनाउन नमानेपछि उनलाई फालेर त्यहाँ अहिले कारागार जीवन बिताइरहेका टेकनारायण पाण्डेलाई ल्याइयो र काम फत्ये गराइयो । जीवनभर शिक्षा सेवामा काम गरेका पाण्डेलाई कर्णाली प्रदेशका प्रमुखबाट सरुवा गराएर भूमिमा ल्याएर गिरिबन्धुले जग्गा सट्टापट्टा दिन मिल्नेगरी नियमावली तयार गरे ।

बिज्ञापन

सो नियमावली मन्त्रिपरिषदले पारित गरेर २०७७ पुस ७ गते राजपत्रमा प्रकाशित भएको देखिन्छ । शिवमाया तुम्हाहम्फे,पद्या अर्याल हुँदै अहिले बलराम अधिकारी एमालेको तर्फबाट मन्त्री छन् । यही बीचमा त्यहाँ सूर्य गौतम,केदार न्यौपाने,टेकनारायण पाण्डे,रामप्रसाद थपलिया,डा दामोदर रेग्मी,गणेश पाण्डे हुँदै अहिले गोकर्णमणि दुवाडी त्यहाँका सचिव छन् । टेकनारायणपछि रामप्रसाद थपलियाले यस्मा कलम चोप्न नमान्दा उनी मुख्यसचिव बैकुण्ठ अर्यालकै व्याजी भएर पनि पेलानमा परे । प्रधानमन्त्री कार्यालयमा लामो समय जगेडामा बसेका उनी तथ्यांक सचिवबाट घर गए । दामोदर रेग्मीलाई गिरिबन्धुमा जोडिएको एउटा व्यापारीले सयौं पटक कल गरे पनि उनले रेस्पोन्स गरेनन् । अहिले यो प्रकरणमा गोकर्णमणि नराम्रोसँग फसें भन्दैछन् ।

शुरुदेखि नै गिरीबन्धुको हितमा काम गर्दे आएका उपसचिव हुन्, रोशनशंकर घिमिरे चार बर्षदेखि भूमी व्यवस्था तथा अभिलेख विभागको निर्देशकको जिम्मेवारीमा छन् । निजामती सेवा ऐनले दुई बर्षभन्दा बढी कुनै पनि कर्मचारीलाई एउटै कार्यालयमा जिम्मेवारी नदिनु भन्छ रोशनशंकरले चार बर्षदेखि विभागको जग्गा प्रशासन महाशाखा छाडेर दायाँबायाँ हुनु परेको छैन । निजामती किताबखानाबाट प्राप्त पिआइएस हेर्दा रोशनशंकर घिमिरे २०७३ कात्तिक ३ गते प्रमुख मालपोत अधिकृत भएर चन्द्रगढी मालपोत कार्यालय, झापा पुगेका देखिन्छ । त्यहाँ २ बर्ष बस्दा उनैले गिरीबन्धु टी–इस्टेटको खर्ब रूपैयाँभन्दा बढी पर्ने जग्गा सरकारबाट सट्टापट्टाको निर्णय गराउने र किनबेच गर्ने खेलो फड्को शुरुवात गरेका हुन । पछि सम्म गिरिबन्धुको फाइल बोकेर उनी मन्त्रालय धाउने गरेको यो बिषयमा सबैभन्दा बढी चासो दिने गरेको कर्मचारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरकारी सार्वजनिक जग्गा गैरकानुनी दर्ता प्रकरणमा तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा

कीर्ते कागजातको भरमा नियुक्ति,मन्त्री र सचिवलाई उन्मुक्ति

६ जना डिग्री होल्डर समेत निर्वाचन प्रहरीमा भर्ना

भन्सारमा घुस लेनदेनको आरोप, तीन कर्मचारी रंगेहात पक्राउ

गृहमा अनेकन गडबडी

दक्षिण कोरियाली रोजगारीमा नकरात्मक असर पर्ने गतिविधि नगर्न श्रम मन्त्रालयको आग्रह

 भेनेजुएलाः राजनीतिक पतनदेखि भू–राजनीतिक संघर्षसम्म

भग्नावशेष अगाडि प्रदेशको आठौं बार्षिकोत्सव : कर्मचारीप्रति चर्काे आक्रोश

बिशेष