दुई अर्ब कर छली गर्ने बिवाईडीमाथी राजश्व अनुसन्धानको “एक्सन”

राजश्व अनुसन्धान विभागले विद्युतीय गाडी बिवाईडी बिक्री गर्ने साइमेक्स इंक कम्पनीमा छापा मारेको छ । भन्सार छली गरेर गाडी भित्र्याउने सूचनाका आधारमा विभागले कम्पनीमा छापा मारेको हो ।

बिज्ञापन

कम्पनीमाथि भन्सार र अन्तशुल्क छली गर्न विद्युतीय गाडीको किलोवाट क्षमता घटाएर भन्सार घोषणा गरेको आरोप छ ।कम्पनीमा छापा मारेको राजश्व विभागले कम्पनीका सम्पूर्ण कागजात जफत गरेको छ भने थप केही कागजात कम्पनीसँग माग गरेको छ । हाल जफत गरिएका कागजातमाथि थप अनुसन्धान भइरहेको विभागका एक अधिकारीले बताएका छन् ।
भन्सार र अन्तशुल्क छल्न वीवाइडीले आयात गरेको गाडीको किलोवाट क्षमता घटाएर भन्सार घोषणा गरेको कम्पनीमाथि आरोप छ ।

बिज्ञापन

विभागले कम्पनीसँग थप केही कागजात मागेकाे छ । यद्धपी थप अनुसन्धान पछि मात्र विभागले निष्कर्षमा पुग्ने बताएकाे छ । राजश्व छलीमा दोषी ठहर भएमा झण्डै ४ अर्ब रुपैयाँ बिगो र जरिवाना वीवाइडीले तिर्नुपर्ने हुनसक्छ ।यसकासाथै, विद्युतीय गाडीले किलोवाट घटाएर भन्सार छलेको भन्दै बेग्ला बेग्लै अनुसन्धान भन्सार विभागले गरिरहेको छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढाले साइमेक्स इंकको केही कागजपत्र विभागले ल्याएको र केही माग गरेको बताए ।उनले भने, ‘सूचनामाथि राम्रो अध्ययन गरेर नै साइमेक्स इंकको अनुसन्धान सुरु गरेका हौँ । अन्य विद्युतीय गाडी आयात गरी विक्री गर्ने कम्पनीको पनि हामीले अध्ययन गरिरहेका छौँ । अध्ययनपछि ती कम्पनीले पनि गाडीको किलोवाट छली गरेको देखियो भने अनुसन्धान सुरु गर्ने छौँ । हामीसँग नेपालमा आयात हुने धेरै विद्युतीय गाडीले थोरै किलोवाट देखाएर गाडी आयात गरेको भन्ने सूचना आएको छ । त्यो सूचना माथि पनि हामीले काम गरिरहेका छौँ ।’

बिज्ञापन

बिवाईडीका एटिटिओ ३ सहितका विभिन्न मोडलका गाडीहरु नेपाल भित्राउँदा भन्सार कार्यालयमा झुठो विवरण पेश गरी न्यून कर तिरेर कर छली गरेको हो ।

बिवाईडीको एटिटिओ ३ गाडीमा १५० किलोवाटको मोटर रहेको भएपनि ढाँटेर १०० किलोवाट भन्दै कर छली गरेको थियो । नेपालमा सो गाडी सर्वाधिक बिक्री हुने गाडीभित्र पर्दछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राजस्व अनुसन्धान विभागको महानिर्देशकमा तिर्थराज चिलुवालको सम्भावना बलियो

तालिमको रफ्तार वृद्दि गर्दै विद्युत प्राधिकरण

‘कुलिङ पिरियड’ निजामती विधेयकमा होइन, समग्र सेवा कानुनमै राख्नुपर्छ : मैनाली

गृहका चार सहसचिवको सरुवा,दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

मन्त्रालयका सचिवहरूलाई लेखा समितिको एक दर्जन प्रश्न

एकै पटक २ महिला सचिवमा उक्लिए, विशिष्ट श्रेणीमा पुगे ८

तराई मधेशमा पानीको समस्या र समाधानका उपायहरू

१ सचिव,८७ उपसचिव र ८२ जना शाखा अधिकृतको सरुवा

बिशेष