विचौलियाले यसरी सरुवा गराउँछन् सिंहदरबारका कर्मचारी

दलाल र विचौलियाले आफ्नो काम फत्ये गराउन ‘एसम्यान’ प्रशासक कसरी खोज्छन् ? कलम चोप्न नमान्ने कर्मचारीलाई कसरी भकुण्डो बनाउँछन् ? सानो उदाहरण हेरौं :-

बिज्ञापन

काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका केदार न्यौपाने ७६ फागुन २० गते सरुवा भएर भूमि सुधार मन्त्रालयमा पुगे । झापाको नाता लगाउँदै एमालेले सम्हालेको मन्त्रालयमा लगिएको उनलाई ५ महिनामै त्यहाँबाट फालियो । हुत्याउनु पर्ने कारण थियो,उही गिरिबन्धु टीको जग्गा सट्टापट्टा गर्न नमिल्ने अडान लिनु । गिरीबन्धु टीको बिषयमा राम्रो जानकार,न्यौपानेले त्यहाँ कलम चोप्न नमान्दा जगेडामा मात्र परेनन,जागिरे जीवनभर राम्रो कार्यालय पाएनन् । गिरीबन्धुको जग्गा सट्टापट्टा दिन मिल्ने गरी नियमावली बनाउन नमानेपछि उनलाई फालेर त्यहाँ अहिले कारागार जीवन बिताइरहेका टेकनारायण पाण्डेलाई ल्याइयो र काम फत्ये गराइयो । जीवनभर शिक्षा सेवामा काम गरेका पाण्डेलाई कर्णाली प्रदेशका प्रमुखबाट सरुवा गराएर भूमिमा ल्याएर गिरिबन्धुले जग्गा सट्टापट्टा दिन मिल्नेगरी नियमावली तयार गरे ।

बिज्ञापन

सो नियमावली मन्त्रिपरिषदले पारित गरेर २०७७ पुस ७ गते राजपत्रमा प्रकाशित भएको देखिन्छ । शिवमाया तुम्हाहम्फे,पद्या अर्याल हुँदै अहिले बलराम अधिकारी एमालेको तर्फबाट मन्त्री छन् । यही बीचमा त्यहाँ सूर्य गौतम,केदार न्यौपाने,टेकनारायण पाण्डे,रामप्रसाद थपलिया,डा दामोदर रेग्मी,गणेश पाण्डे हुँदै अहिले गोकर्णमणि दुवाडी त्यहाँका सचिव छन् । टेकनारायणपछि रामप्रसाद थपलियाले यस्मा कलम चोप्न नमान्दा उनी मुख्यसचिव बैकुण्ठ अर्यालकै व्याजी भएर पनि पेलानमा परे । प्रधानमन्त्री कार्यालयमा लामो समय जगेडामा बसेका उनी तथ्यांक सचिवबाट घर गए । दामोदर रेग्मीलाई गिरिबन्धुमा जोडिएको एउटा व्यापारीले सयौं पटक कल गरे पनि उनले रेस्पोन्स गरेनन् । अहिले यो प्रकरणमा गोकर्णमणि नराम्रोसँग फसें भन्दैछन् ।

शुरुदेखि नै गिरीबन्धुको हितमा काम गर्दे आएका उपसचिव हुन्, रोशनशंकर घिमिरे चार बर्षदेखि भूमी व्यवस्था तथा अभिलेख विभागको निर्देशकको जिम्मेवारीमा छन् । निजामती सेवा ऐनले दुई बर्षभन्दा बढी कुनै पनि कर्मचारीलाई एउटै कार्यालयमा जिम्मेवारी नदिनु भन्छ रोशनशंकरले चार बर्षदेखि विभागको जग्गा प्रशासन महाशाखा छाडेर दायाँबायाँ हुनु परेको छैन । निजामती किताबखानाबाट प्राप्त पिआइएस हेर्दा रोशनशंकर घिमिरे २०७३ कात्तिक ३ गते प्रमुख मालपोत अधिकृत भएर चन्द्रगढी मालपोत कार्यालय, झापा पुगेका देखिन्छ । त्यहाँ २ बर्ष बस्दा उनैले गिरीबन्धु टी–इस्टेटको खर्ब रूपैयाँभन्दा बढी पर्ने जग्गा सरकारबाट सट्टापट्टाको निर्णय गराउने र किनबेच गर्ने खेलो फड्को शुरुवात गरेका हुन । पछि सम्म गिरिबन्धुको फाइल बोकेर उनी मन्त्रालय धाउने गरेको यो बिषयमा सबैभन्दा बढी चासो दिने गरेको कर्मचारीहरु बताउँछन् ।

बिज्ञापन

यता अर्थतन्त्र डाँवाडोल भएको मौका छोपी गिरिबन्धुजस्ता पोस्नका लागि नै गोकर्णमणि दवाडीलाई निर्वाचन आयोगबाट भूमिमा ल्याइएको हो भन्नेहरु पनि छन् । हदबन्दी लगायतका बिषयमा सचिवभन्दा मुनिका सहसचिव कुमार दाहालले ‘यस्तो काम गर्दिन’ भनेपछि सहसचिव गणेश भट्टमार्फत् फाइल अघि बढाइएको छ । गिरिबन्धु टीको हितमा काम गर्ने भूमिसुधार सचिव गोकर्णमणि दवाडी यसको मुख्य सहजकर्ता र डिजाइनकर्ताको रूपमा देखिएका छन् । सहसचिव कुमार दाहालले यसमा कलम चलाउन नचाहेपछि सचिव दवाडीले नै अर्का सहसचिवलाई विश्वासमा लिएर काम अगाडि बढाइरहेका छन् । सचिवले सेटिङमा गणेश भट्टको हस्ताक्षर गराएर फाइल अघि बढाए पनि कानुनतः उनले त्यसो गर्न नमिल्नुपर्ने हो । भट्टले योजना हेर्छन् भने दाहालचाहिँ जग्गा प्रशासनका सहसचिव हुन् । उनले यस्ता बदनियत देखेको फाइलमा कलमै चोप्न नमानेपछि हालैमात्र त्यहाँबाट लखेटेर नेपाल टष्ट्रमा पु¥याइएको छ । हालैमात्र भूमिमा शिवप्रसाद रेग्मी,मदन कोइराला र श्रीराम ठाकुर भित्रिएका छन् । यीमध्ये एक जना एसम्यानलाई जग्गा प्रशासन,अर्काैलाई भूमि व्यवस्था तथा अभिलेख विभागतिर खटाइने हो ।

रमाइलो चाहिँ सरुवा हुनु १५ दिन अघि नै एउटा विचौलियाले सहसचिव कुमार दाहाललाई सुनायो,तपाईको सरुवा हुँदैछ । यसरी दलालले भनेको नमान्दा कर्मचारी सरुवामा पर्न थालेका छन् । पछिल्ला दिनमा चन्दने अर्थात दीपक भट्टलाई माथ खुवाउने गरी एक जना विचौलिया स्कारपिओमा दैनिक मन्त्रालय धाउने गरेको कर्मचारीहरु सुनाउँछन् । मास्क कहिल्यै नखोल्ने र क्याप टोपीले अनुहार छोपेर हिड्ने ती विचौलिया हुन प्रमोद खड्का । उनको वास नै कर्मचारी प्रशासन महाशाखा र सचिवको कार्यकक्षमा हुने गरेको भुक्तभोगी कर्मचारीहरुले बताएका छन् । तिनै खड्काले अहिले साँखु,कलकी,भक्तपुर,ललितपुरका हाकिमहरु सरुवा मैले नै गराएको हो तिमीहरुको पनि सरुवा गर्ने हो भने मिलाउनुपर्दछ भन्दै द्रव्य संकलन गरिरहेको भुक्तभोगी कर्मचारीहरु पीडा पोख्छन् । द्रव्य संकलन गरेर कर्मचारीको सरुवा गर्नेका सामान्य प्रशासनसँग सेटिङ्गमै यस्तो काम भइरहेको कर्मचारीको गुनासो छ । उदयपुर घर भएका खड्काले मोहन कृष्ण सापकोटा सचिव हुँदादेखि नै मन्त्रालयमा प्रवेश पाएको र यसरी सरुवाको खेतीपाती गर्दै आएको उनलाई चिन्ने कर्मचारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राजस्व अनुसन्धान विभागको महानिर्देशकमा तिर्थराज चिलुवालको सम्भावना बलियो

तालिमको रफ्तार वृद्दि गर्दै विद्युत प्राधिकरण

‘कुलिङ पिरियड’ निजामती विधेयकमा होइन, समग्र सेवा कानुनमै राख्नुपर्छ : मैनाली

गृहका चार सहसचिवको सरुवा,दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

मन्त्रालयका सचिवहरूलाई लेखा समितिको एक दर्जन प्रश्न

एकै पटक २ महिला सचिवमा उक्लिए, विशिष्ट श्रेणीमा पुगे ८

तराई मधेशमा पानीको समस्या र समाधानका उपायहरू

१ सचिव,८७ उपसचिव र ८२ जना शाखा अधिकृतको सरुवा

बिशेष