१ रुपैंया जरिवानाले मुख्यसचिव बन्न नपाएका ती रेग्मी,अदालतको अवहेलना पछि उल्टै नियुक्ति भेट्टाएका यी सिंह

सायद यही होला मस्त्य न्याय भनेको ।
अदालतले १ रुपैंयामात्र जरिवाना तिराउँदा सचिवको मुख्यसचिव बन्ने यात्रामा ब्रेक लाग्यो । तर अर्काे सचिवलाई अदालतले पाँच सय जरिवानाको आदेश सुनायो तर उनलाई बोक्ने राजनीतिक दल र पार्टी भए पछि उनको भाग्य खुल्यो । अख्तिायारको आयाुक्त ताकेर बसेका रमेश सिंहले योजना आयोगको सदस्य पद पाए ।

बिज्ञापन

अदालतको मानहानीमा मुछिएका पूर्व सचिवलाई सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्ति दिइएसँगै अहिले यो बिषय चर्चामा छ ।

बिज्ञापन

गत बिहिबारको क्याविनेटले १३ वटा निर्णय गर्दा पूर्व सचिव डा रमेश सिंहलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्ति गरेको थियो । अशोक राईको पार्टीको कोटामा योजना आयोगका सदस्य नियुक्त भएका सिंह २०७२ को भूकम्पताका त्रिपाल खरिदको भुक्तानी प्रकरणमा मुछिएका थिए ।

सात बर्ष अघिको अघिको त्रिपाल काण्ड बल्झिदा घर फर्किसकेका सचिव सिंहदेखि आर्थिक,प्रशासन र स्टोर किपरमा बस्नेहरुको रुवावासी चलिहरकै थियो । त्रिपालको भुक्तानी नपाएको भन्दै आपूर्तिकर्ताहरु सर्वोच्च अदालत पुगेकोमा ०७८ चैत्र ९ को फैसलाले दुई महिनाभित्रै भुक्तानको कार्य टुंग्याउन परमादेश दिएको भए पनि शहरीले समिति गठन गरेर भुक्तानी उपलव्ध गराउन सक्रियता नदेखाएको र अदालतको मानहानी गरेको भन्दै कृष्णहरि चौलागाईले शहरी मन्त्रालय, सचिव रमेश सिंह,प्रशासन महाशाखा प्रमुख महेन्द्र शर्मा,आर्थिक शाखा प्रमुख श्याम घिमिरे र स्टोर किपर युवराज गिरीविरुद्ध दायर गरेकोमा गत कार्तिक २१ गते उच्च अदालतका न्यायधीशद्धय रमेश ढकाल र धीरबहादुर चन्दको इजलाशले अदालतको मानहानी गरेको ठहर गर्दै उनीहरुविरुद्ध जनही ५ सय जरिवानाको लगत कसी असूल उपर गर्नु भन्ने आदेश दिएको थियो ।
प्रंसग जोडिन्छ,भूकम्प पीडितहरूका लागि शहरी विकास मन्त्रालयले त्रिपालसँग । माता इन्टरप्राइजेज, ए एस इन्टरप्राइजेज, दीपकिरण प्रिन्टिङ एन्ड ट्रेडर्स र अजय शुभ ट्रेडर्सले त्रिपाल आपूर्ति गरेका थिए । त्रिपाल आपूर्तिका क्रममा भ्रष्टाचार भएको आरोप लागेपछि भुक्तानी प्रक्रिया रोकियो ।

बिज्ञापन

विशेष अदालत उनीहरुलाई सफाइ दिँदै मुद्दा किनारा लागे पनि शहरी विकास मन्त्रालयले त्रिपाल आपूर्तिको भुक्तानी नदिएपछि आपूर्तिकर्ताहरु मन्त्रालयविरुद्ध उच्च अदालत पुगे । सो मुद्दामा उच्च अदालत पाटनले तीन महिनाभित्र रकम भुक्तानी गर्न र यदि भुक्तानी नगरे पाँच सय रुपैयाँ जरिवाना हुने आदेश सुनाएको थियो । उच्च अदालतको सोही आदेशविरुद्ध सिंह सर्वोच्च अदालत गएका हुन् । सर्वोच्चमा सो मुद्दा विचाराधीन छ ।

उच्च अदालत पाटनले आदेश कार्यान्यवयन नभएको भन्दै २०८० जेठ २ गते शहरी विकास मन्त्रालयलाई पत्र लेखेर ताकेतासमेत गरेको थियो ।

अख्तियारकै आयुक्त ताकेर बसेका उनी त्यहँँ सफल नभएपछि नयाँ पद सृजना गरेर नियुक्ति खाने प्रयासमा थिए । सफल भएनन् । अहिले अशोक राईको पार्टीको कोटाबाट रायिट्रय योजना आयोगको सदस्यमा नियुक्ति गरेको थियो,क्याविनेटले । तर नियुक्ति गरिसकेपछि अहिले पूराना फाइलहरु पल्टाउने क्रम शुरु भएको छ ।

यस अघि मुख्य सचिवका प्रवल दावेदार रहेका श्रीकान्त रेग्मीलाई अदालतले १ रुपैंया जरिवाना तिराएकै कारण उनी मुख्यसचिव बन्न पाएका थिएनन् । गृह सचिवसम्म भएका रेग्मी २०५९ सालमा वरिष्ठताका आधारमा मुख्यसचिव हुनुपर्नेमा नपाएपछि राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गृहका चार सहसचिवको सरुवा,दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

मन्त्रालयका सचिवहरूलाई लेखा समितिको एक दर्जन प्रश्न

एकै पटक २ महिला सचिवमा उक्लिए, विशिष्ट श्रेणीमा पुगे ८

तराई मधेशमा पानीको समस्या र समाधानका उपायहरू

१ सचिव,८७ उपसचिव र ८२ जना शाखा अधिकृतको सरुवा

सचिव पुष्करको चेतावनी : “बेरुजु हटाउने हो भने विकासको गति ठप्प हुन्छ”

चार सहसचिव सचिवमा बढुवा सिफारिस

५९४ कर्मचारीले नयाँ नियुक्ति पाउँदा ३५२६ को सरुवा,१२० जना बढुवा

बिशेष