सङ्घीय निजामती सेवा विधेयक २०८० उपर आजदेखि दफादार छलफल हुने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ८ बजे बस्ने बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ ।
बिज्ञापन
सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले स्वीकृत भएको उक्त विद्येयक संसदबाट ससंदीय समितिमा पुगेको तीन साता पछि आजदेसख दफादार छलफल हुन लागेको हो । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आफूले समितिलाई कुनै पनि राजनीतिक दलको छायाँ पर्न नदिने र विद्येयक गोलमटोल ढंगले नल्याउने उद्घोष गरिसकेका छन् ।
बिज्ञापन
सभापति खतिवडाले आजदेखि राज्य व्यवस्था तथा सुशासन समितिमा उक्त विधेयकमाथि दफादार छलफल अगाडि बढाउने जनाएका हुन ।
संघीय निजामती सेवा विद्येयकमा एक हजार ५८३ वटा संशोधन परेको बताइएको छ । गत २१ फागुन २०८० मा दर्ता भएको विधेयकमाथि २१ चैतमा प्रतिनिधि सभामा सैद्धान्तिक छलफल भएपछि संशोधनका लागि समय खुला भएको थियो । सांसदहरुले सैद्धान्तिक छलफल सकिएपछि ७२ घण्टाभित्र संशोधन प्रस्ताव दर्ता गरेका थिए । संसद सचिवालयको विधेयक शाखाले सांसदहरुबाट प्राप्त संशोधन प्रस्तावहरुलाई एकीकृत गर्ने काम पूरा गरेको छ । १२४ समूहमा सांसदहरुले एक हजार ५८३ वटा संशोधन प्रस्ताव दर्ता गरेका हुन् । २०७५ सालमा प्रतिनिधि सभामा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०७८ साल असोजमा सरकारले फिर्ता गरेको थियो । त्यसपछि प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा संसदमा विधेयक नै आउन सकेको थिएन । संशोधन प्रस्तावमध्ये १२२ वटा प्रस्ताव सांसदहरु आफैं उपस्थित भएर दर्ता गराएका हुन भने बाँकी इमेलबाट पठाइएको संघीय संसद सचिवालयले जनाएको छ ।