बृद्ध भत्ता झ्वाम पार्नेहरुविरुद्ध भ्रष्टाचार मुद्धा

मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष तुलाराम लुइंटेल भ्रष्टाचारमा तानिएका छन् । सामाजिक सुरक्षा भत्ता बापतको रकम अपचलन गरेको अभियोगमा उनीसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्दा दर्ता गरेको हो ।

बिज्ञापन

मुद्दा चलाइएकाहरुमा तत्कालिन वडा सचिव कल्पना बास्कोटा, ईलाका प्रशासन कार्यालय रंगेलीका तत्कालिन प्रशासकीय अधिकृत सुनिल पौडेल, नायब सुब्बा रमेश कोइराला, वडा नम्बर ६, निवासी मेगदिप पोखरेल, तारादेवी पोखरेल र भक्तकुमारी लुईटेल छन् ।

बिज्ञापन

अख्तियारका अनुसार उनीहरुले आपसी मिलेमत्तोमा बृद्ध भत्ता प्राप्त गर्न योग्य नरहेका व्यक्तिलाई समेत लाभग्राहीको सूचीमा राखेर अनियमितता गरेको खुलेको छ । त्यसनिम्ति नागरिकतामा भएको साविकको जन्ममिति फेरबदल गरी गलत लिखत तयार पारेको समेत अनुसन्धानबाट पत्ता लागेको छ ।

अख्तियारले दायर गरेको आरोप पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुरअनुसार फरक(फरक बिगो मागदाबी गरिएको छ । जसअनुसार वडाध्यक्ष लुइटेलविरुद्ध एक लाख ६० हजार, वडा सचिव कल्पना बास्कोटासहित स्थानीय मेगदिप पोखरेल र तारादेवी पोखरेलउपर एक लाख ४४ हजार र भक्तकुमारी लुईटेलविरुद्ध १६ हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।

बिज्ञापन

त्यस्तै, ईलाका प्रशासन कार्यालय रंगेलीका तत्कालिन प्रशासकीय अधिकृत सुनिल पौडेल र नासु रमेश कोइरालालाई भने गलत लिखतसम्बन्धी कसुरमा कैद र जरिवानाको सजाय माग गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गृहका चार सहसचिवको सरुवा,दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

मन्त्रालयका सचिवहरूलाई लेखा समितिको एक दर्जन प्रश्न

एकै पटक २ महिला सचिवमा उक्लिए, विशिष्ट श्रेणीमा पुगे ८

तराई मधेशमा पानीको समस्या र समाधानका उपायहरू

१ सचिव,८७ उपसचिव र ८२ जना शाखा अधिकृतको सरुवा

सचिव पुष्करको चेतावनी : “बेरुजु हटाउने हो भने विकासको गति ठप्प हुन्छ”

चार सहसचिव सचिवमा बढुवा सिफारिस

५९४ कर्मचारीले नयाँ नियुक्ति पाउँदा ३५२६ को सरुवा,१२० जना बढुवा

बिशेष