बदनाम हाकिमलाई घुमिफिरी उही कार्यालय

एउटा शहरीमन्त्री छँदा बदमासी गरेको भनेर कारबाहीस्वरूप सरुवा । अनि अर्काे मन्त्री आउँदाचाहिँ तिनै कर्मचारी पुरस्कृत, पुनः सोही आयोजनाको हर्ताकर्ता । रमाइलोचाहिँ दुवै मन्त्री एकै पार्टीका । मेटमणी चौधरी शहरी विकास मन्त्री हुँदा कारवाहीस्वरुप त्यहाँबाट तानिएर सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइएका सहसचिव रविन्द्र बोहरा, अहिले सोही पार्टीका धनबहादुर बूढा मन्त्री हुँदा सोही आयोजना प्रमुखको जिम्मेवारी लिएर फर्किएका छन् ।

बिज्ञापन

अर्वाैँको ठेक्कापट्टामा चलाउन पाइने निकायको रुपमा रहेको सहरी विभागको महानिर्देशकमा वाम पृष्टभूमिका पद्य मैनाली,रामचन्द्र दंगाल,नवराज प्याकुरेल,चक्रवर्ति कण्ठपछिका पाँचौ नम्बरका काँथ्रेसी पृष्टभूमिका कुमार घिमिरेले बाजी मारे । कुमार संंघीय सचिवालयको निर्माण तथा व्यवस्थापन कार्यालय प्रमुखको जिम्मेवारीमा थिए उनलाई शहरी विभागमा लगेसँगै रिक्त रहेको संघीय सचिवालय निर्माण व्यवस्थापनमा ४० दिन बसेका रविन्द्र बोहरा पुन सेटिङ्ग मिलाएर पहिल्यै चलाइसकेको बाग्मती सभ्यतामा पुगेका हुन । झण्डै ८० वटा कन्सलटेन्सी,विदेशी संस्थासँग काम गर्न पाइने ४ अर्ब बजेट खेलाउन पाइने उक्त अड्डाको हर्ताकर्ता बनेर हालैमात्र त्यता हाजिर भएका हुन ।
स्मरण रहोस,यी तिनै व्यक्ति हुन, सहरी विकास मन्त्रालय अन्तर्गत विश्व बैंकको सहयोग रहेको नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना(एनयुजीआईपी) को परामर्शदाता छनोटमा २० करोडभन्दा बढी अनियमितता प्रकरणमा डामिएका, १३ औं नम्बरका जुनियर । यस अघि सुरेश अधिकारी सचिव हुँदा पोसिएकै शैलीमा अहिले पुन सोही आयोजनाको प्रमुखको जिम्मेवारी दिएर खटाइएसँगै शहरीका सिनियर सहसचिवहरु फायर भएका छन् । पूर्व सचिव रमेशकुमार सिंहको पालामा अरबौ अरबका एडीबी र वल्डबैंकका आयोजना प्रमुख भएका र परामर्शदाता र कन्ष्ट्रक्सनको ठेक्कामा करोडौंको सेटिङ गरेका बोहरा यसअघि नै एनयुजीआईपीको प्रमुख र बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटका आयोजना प्रमुखका रुपमा हुँदा ६० करोडमा हुने परामर्शको काम ८२ करोडमा दिएर २० करोड घोटाला प्रकरणमा मुछिएका थिए । यस्ता बदमासीमा मुछिएका,अख्तियार लाग्नुपर्ने कर्मचारीलाई उल्र्टै पुरस्कृत गरेर अहिले बाग्मती सभ्यतामा पु¥याइएको छ । उनी एडीबीको क्षेत्रीय सहरी आयोजनादेखि विश्वबैंक लगायतका दाताका अरबौं सहयोग रहेका सबै आयोजनामा रजगज गर्ने बोहरा सहरीमा अकूत सम्पत्ति आर्जन गर्ने सहसचिवमा पर्दछन् । बोहरा ४० दिनमै सरुवा भएर हिडेसँगै अहिले संघीय सचिवालय निर्माण व्यवस्थापन कार्यालयको कामू जगदिश लामिछानेलाई दिइएको छ ।

बिज्ञापन

उता,मधु मरासिनीकै शैलीमा फाष्ट ट्रयाकबाट अर्काे सहसचिवलाई डोली(डार)को हाकिम बनाएर खटाइएको छ । अदालतबाट क्लिन चिट पाएसँगै पूर्ववत जिम्मेवारीमा फर्किएका छन् । यसरी पूर्ववत स्थानीय पूर्वाधार विभाग (डोलीडार)मा फर्किएका हामिक हुन इ ईश्वरचन्द्र मरहठ्ठा । उनी हृदयेश त्रिपाठी भौतिक मन्त्री हुँदा सिनियरहरुलाई जिल्लाराम खुवाउँदै ३४ बर्षकै उमेरमा सहसचिव हुँदै डोलीका महानिर्देशक भएका ईश्वरचन्द्र मरहठ्ठा अख्तियारबाट भ्रष्टाचार मुद्धा लागेका कर्मचारी हुन । तीन बर्ष डोलीका हािकम हुँदा नदी÷ खोला नभएकै ठाउँमा कागजमा पाँच करोडको पक्की पुल बनाएर भ्रष्टाचार गरेको मुद्धा चलायो अख्तियारले ७९ फागुन १५ गते । झण्डै १३ महिना निलम्बनमा परेका मरहठ्ठालाई विशेषले गत चैतमा सफाइ पाए । गण्डकीको भौतिक मन्त्रालयबाट मरहट्ठालाई संघीय सहरी विकास मन्त्रालयको पूर्वाधार महाशाखामा सरुवा गरिएको थियो तर उक्त महाशाखामा खटाइएको महिना दिनसम्म पनि जिम्मेवारी लिन नमाने पछि डोलीका हाकिम भरत अर्याललाई उक्त महाशाखामा तानेर अहिले उनी डोलीडार सम्हाल्न पुगेका छन् । १२ अर्ब बढी बजेट रहेको यो ठाउँमा अब उनी सचिव नबुन्जेल (कम्तिमा तीन बर्ष)उनैले राज गर्ने,अरु डिजी बनेर त्यहाँ जान नसक्ने टिप्पणी गर्दछन्,शहरीका कर्मचारीहरु । सचिव हुने लाइनमा रहेका अमृत श्रेष्ठ,बाग्मती प्रदेश भौतिक मन्त्रालयका सचिव छन् । त्यस्तै भरत अर्याल बढुवा भएपछि बल्ल पालो आउनेछ,ईश्वरको ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।