हविगत कस्तो छ भने आरक्षण छुट्टाइएको छ ९ प्रतिशत,प्रतिधित्व २ प्रतिशतभन्दा माथि छैन । निजामतीमा यस्तो खाडल देखिएको हो,दलित समूदायको । केन्द्रीय तथ्यांक विभागको आँकडा अनुसार,दलित समुदायको संख्या ३९ लाख ४ सय ६९ अर्थात कूल जनसंख्यामा १३ दशमलव ४ प्रतिशत । प्रदेशगत रुपमा सबैभन्दा कर्णालीमा २३ दशमलव ५,कम बागमती प्रदेशमा ५ दशमलव ९ प्रतिशत रहेको देखिन्छ । जसमा पहाडी दलित समुदाय ८ दशमलव ६ प्रतिशत, तराई दलित समुदाय ४ दशमलव ८ प्रतिशत रहेको विवरण भेटिन्छ । २०६४ सालमा निजामती सेवा ऐन संशोधन गरेर समावेशी कोटा अन्तर्गत ४५ प्रतिशत सिटमध्ये ९ प्रतिशत दलितलाई छुट्याइएको छ । तर, कार्यान्वयन भएको डेढ दशक नाघिसक्दा पनि निर्णायक तहमा अपवादका रूपमा छिटपुट दलितको प्रतिनिधित्व भेटिन्छ ।
बिज्ञापन
निजामती सेवामा झण्डै ८० हजार दरबन्दी रहेकोमा दलितको प्रतिनिधित्व १६ सय हाराहारी रहेको अधिकारीकर्मीहरुले जनाएका छन् । जबकी निजामती सेवामा ९ प्रतिशत आरक्षण छुट्टाइएको छ । समावेशिताको सुन्दर पक्ष नै यही हो कि यही पछि निजामतीमा पहिलो पटक दलित सचिवका रुपमा डा मानबहादुर विकेले इतिहास कोर्न सफल भए । पहिला निजामतीमा दलित समुदायको प्रतिनिधित्व विरलै भेटिन्थ्यो । भए पनि स–साना पदवाटै निभृत्तिकरण लिएका भेटिन्थे । ७७ असारमा नेपालको निजामती क्षेत्रले पहिलो दलित सचिव पायो । पाल्पाको एउटा दुर्गम गाउँमा जन्मेका उनी ०६९ सालमा दलित समुदायबाट पहिलो पटक प्रमुख जिल्ला अधिकारी बनेर रेकर्ड कायम गरेका मानबहादुर विके रिटायर्ड पछि मधेश विश्वविद्यालयका डीनको जिम्मेवारीमा छन् ।
बिज्ञापन
उनीझैं सचिव बन्ने लाइनमा छन्,प्रदीप परियार,सन्तबहादुर सुनार,मेघबहादुर मग्रातीहरु । सन्तबहादुर दलित समुदायबाट सहसचिवस्तरको प्रमुख जिल्ला अधिकारी बन्ने सुनार दोस्रो व्यक्ति हुन् । कम उमेर (सबैभन्दा कान्छो) प्रमुख जिल्ला अधिकारी बनेर सुरेश सुनारले रेकर्ड तोडिसकेका छन् । मग्राती ०७९ चैत १९ गतेदेखि पाँचथरको प्रमुख जिल्ला अधिकारी थिए । हालै सरुवा भएर सप्तरी पुगेका छन् ।
महिला दलित महिला प्रमुख जिल्ला अधिकारीको सीता परियारले रेकर्ड तोडेकी छिन् । उनी काँग्रेस नेता जीवन परियारको जीवनसाथी सीता परियारको जीवन साथी हुन । कास्की घर भएकी सीताले अघि हुम्लाको प्रमुख जिल्ला अधिकारी,भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारी,साँखु इलाका प्रशासन हुँदै अहिले एयरपोर्ट भन्सारमा पुगेकी छिन् । उनीझैं निजामतीको उपसचिव पदमा कार्यरत गणेश नेपाली,अहिले वालेनका सहयात्रीका रुपमा काठमाडौं महानगरपालिका हाँकिरहेका कान्छा सहसचिव प्रदीप परियार दलित समुदायबाटै उठेर यहाँसम्म पुगेका हुन । यस्का अलवा सिंहदरबारमै कार्यरत कानुन अधिकृत प्रमोद विके,अधिकृत नरेन्द्र परियारलाई सम्भवना बोकेका प्रशासकका रुपमा हेरिने गरिएको छ ।
बिज्ञापन
प्रशासन समुह र तल्लो तहमा केही उपस्थिति देखिएपनि भए पनि परराष्ट्र तथा उच्च निकायमा दलितको उपस्थिती शून्य देखिन्छ । पूर्व सचिव तथा समावेशिताका अध्येता डा मान वहादुर विकेका अनुसार,‘जातिगत जनसंख्याको तुलनामा निजामती सेवामा प्रतिनिधित्व अत्याधिक असन्तुलित देखिएको छ । जस्तै मधेशी बाहुनक्षत्रीको प्रतिनिधित्व जनसंख्याको तुलनामा ४१३ प्रतिशत र खसआर्यहरुको १९७ प्रतिशत, मुस्लिमको १६ र दलितको ११ प्रतिशत मात्र रहेको देखिन्छ । यो विश्लेषण अनुसार मधेशी बाहुनक्षेत्रीको समानुपातिकता ३१३ र खसआर्यहरुको ९७ प्रतिशत बिन्दुले बढी छ भने मुस्लिमको ८४ र दलितको ८९ प्रतिशतले न्युन रहेको देखिन्छ । यति ठूलो खाडल साविकको नितिगत व्यवस्था र यही गतिको समाबेशीकरणले पुर्न सक्ने सम्भावना हुँदैन ।’
तर मारा वर्ग मालामाल
लक्ष्य एकाथरी थियो ,लाभ लिँदैछन्,‘तर मारा’बर्गले ! जसरी राजनीतिमा आरक्षण कोटामा डलरे अर्वपति विनोद चौधरीले महिला कोटामा आरजु राणा अनि जनजाती कोटामा उमेश श्रेष्ठहरुले हालीमुहाली जमाइरहेका छन् । ठीक उही ढगले निजामतीमा समेत समावेशीताको लाभ लक्षित समुदायले कम र धनी, टाठा–बाठा र स्रोत–साधनमा पहुँच भएकाहरूले बढी लिइरहेको भेटिन्छ ।
राष्ट्रिय समावेशी आयोगले प्रतिवेदनमै आरक्षणमा १६ थरको मात्र वर्चस्व देखिएको भन्दै यसलाई सकेसम्म छिटो हटाउन सिफारिश गरेको छ । प्रशासकहरुका अनुसार आरक्षण कोटामा सबैभन्दा बढी लाभ उठाउनेमा चौधरी, श्रेष्ठ र राई,मधेसी समुदायमा यादव, साह, चौधरी‚ महतो र साह लाभान्वित भएका छन् भने दलित समुदायका लागि आरक्षित ३७.४६ प्रतिशतमा बिके‚ विश्वकर्मा र नेपालीले अवसर पाएका छन्। पिछडिएका क्षेत्रबाट जोशी, बुढा, शाही, उपाध्याय र थापाले मात्र लाभ उठाइरहेकोले आरक्षणको व्यवस्था २०९० पछि खारेजी गर्नुपर्ने सुझाव नै दिएको छ । राष्ट्रिय समावेशी आयोगको प्रतिवेदनलाई नै आधार मान्ने हो भने अहिलेकै प्राव्धान कायम रहेमा २०९१ सालमा ४५ प्रतिशत कर्मचारीहरु आरक्षण क्लस्टरका कायम हुने आकलन गरिएको छ । यसबाट लक्षित समुदायको संलग्नता त मुस्किलले २० प्रतिशत सम्म हुने आकलन अध्येताहरुले गरेका छन् ।