यातायात व्यवस्था कार्यालय सुकेधारा काठमाडौंका तत्कालीन उपसचिव सुन्दर भट्टराईलाई विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर गरेको छ ।
बिज्ञापन
न्यायाधीशहरू खुशीप्रसाद थारू, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले मंगलबार उनलाई दोषी ठहर गरेको हो । साथै उनले १४ लाख ७४ हजार १६९ रुपैयाँ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको विशेषको ठहर छ ।अख्तियारले जागिरे जीवन अवधिमा भट्टराईले आर्जन गरेको १ करोड १५ लाखको स्रोत नदेखिएको भन्दै मुद्धा दायर गरेकोमा १३ महिना पछि विशेष अदालतले उनलाई तीन महिना कैद र १४ लाख ७४ हजार रुपैयाँ सजाय सुनाएको हो ।
बिज्ञापन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जागिरे जीवन अवधिमा भट्टराईले १ करोड १५ लाख अकुत आर्जन गरेको भन्दै उनीविरुद्ध भ्रष्टाचार मुद्धा चलाएको थियो । यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र कार्यालय सुकेधाराका हाकिम रहेको समयमा उनीविरुद्ध गत बर्ष ८० वैशाख १९मा मुद्धा चलाएको थियो । विशेष अदालतले उनलाई तीन महिना कैद र १४ लाख ७४ हजार रुपैयाँ सजाय सुनाएको हो ।
यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र सुकेधारा काठमाडौंका तत्कालीन उपसचिव भट्टराई २०३८ साल साउन १ गते निजामती सेवामा प्रवेश गरेका थिए । उनीमाथि उजुरी परेपछि अख्तियारले २०७५ मंसिर मसान्तसम्मको सम्पत्ति जाँचबुझ गर्ने क्रममा एक करोड १५ लाख २९ हजार १९३ रुपैयाँ सम्पत्ति स्रोत नखुलेको भेटिएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ । भट्टराईले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति उनकी पत्नी मुना अधिकारी, छोरा उत्सुक भट्टराई र छोरी प्रेरिका भट्टराईको नाममा राखेको, आमा इन्दिरा भट्टराईको नाममा पनि सम्पत्ति राखिएको देखिएकाले अख्तियारले उक्त रकम जफत गर्न मागदाबी गरेको थियो ।
बिज्ञापन
उनीहरुको सम्पत्ति समेत जफत हुने भएको छ ।