७७३ कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति (नामावलीसहित)

सरकारले निजामती सेवाअन्तर्गतका कर्मचारीहरूका ७७३ छोराछोरीलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने भएको छ ।

बिज्ञापन

मन्त्रालयले निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउनेसम्बन्धी निर्देशिका, २०७८ अनुसार गत चैत्र १५ गते शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले आवेदन आह्वान गरेको थियो । उक्त प्रक्रियामा सामेल भएर आवेदन दिनेमध्येबाट सचिवालयले प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो ।

बिज्ञापन

प्रक्रिया पूरा गरेर आवेदन दिएकाम ७९३ जनालाई आर्थिक वर्ष ८०/ ८१ को स्वीकृत कार्यक्रमअनुसार, शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउन प्रारम्भिक नतिजा सार्वजनिक गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको सचिवालयले जनाएको छ । मन्त्रालयले गत वैशाख १५ गते निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको थियो। मन्त्रालयले कर्मचारीका सन्ततिलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरेको थियो । प्रक्रियामा सामेल भएर छनोटमा चित्त नबुझेका तथा गलत विवरण पेश गरेर छनोटमा परेकालाई गुनासो तथा उजुरी दिन भने आह्वान गरिएको छ ।

१५ दिनभित्र आधार र कारणसहित परेका उजुरीउपर छानबिन गरेर कसैले त्रुटि गरेको भेटिएमा कारबाही गर्ने सचिवालयले जनाएको छ ।

बिज्ञापन

कसले कति छात्रवृत्ति पाउँछन् ?
२० लाखभन्दा बढी शिक्षण शुल्क लाग्ने भए ५ लाख
१५ देखि २० लाखसम्म शिक्षण शुल्क लाग्ने भए ४ लाख
१० भन्दाबढी १५ लाखसम्म शिक्षण शुल्क लाग्ने भए ३ लाख
५ भन्दाबढी १० लाखसम्म शुल्क लाग्ने भए २ लाख
१ लाखभन्दा बढी ५ लाखसम्म लाग्ने भए १ लाख
१ लाख रुपैयाँभन्दा कम लाग्ने भए शतप्रतिशत छात्रवृत्ति

नामावली

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

बिशेष