जबर्जस्ती करणी अभियोगमा फरार भएका उपसचिवले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
बिज्ञापन
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत रहेका उपसचिव रुपेशकुमार साह करणीको उजुरी प्रहरीमा परेसँगै फरार रहँदै आएका छन् । विगत ५ वर्षदेखि उनी मुख्यमन्त्री कार्यालयमा निमित्त प्रमुख सचिव, प्रवक्ता र सूचना अधिकारीका महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गर्दै आएका उनका लागि सरकारले क्वार्टर उपलव्ध गराएको थियो । सोही क्वार्टर नजिकै डेरा गरेर बस्ने साथीको श्रीमतीलाई जर्वजस्त करणी गरेको आरोप लाग्यो । गत फागुन १८ गते आफ्नो सहकर्मी गाँउ गएको मौका पारेर उनले साथीको श्रीमतीलाई जर्वजस्त करणी गरेको उजुरी प्रहरीमा दर्ता भएको थियो । पीडित महिलाले गत वैशाख पहिलो साता आफूलाई बेहोस बनाएर बलात्कार गरेको भन्दै प्रहीमा जाहेरी दिएकी थिइन् । जाहेरीपछि धनुषा जिल्ला अदालतबाट साहविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता उनी फरार भएका थिए ।
जनकपुर–९ स्थित सरकारी निवासमा मुख्यमन्त्री कार्यालयमै कार्यरत एक कर्मचारीको श्रीमतीलाई रातको समयमा नशालु पदार्थ खुवाएर जर्बजस्ती करणी गरेको भन्दै उपसचिव साहबिरुद्ध उजुरी परेसँगै प्रहरीले साहविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएसँगै फरार रहेका उपसचिवले शनिवार प्रहरी समक्ष आत्मसर्मपण गरेका हुन ।
करणी गरेको भिडियो बनाएर ब्याल्कमेल गर्दै पटक पटक ती महिलालाई बलत्कार गरेको र गर्भ बसेसँगै गर्भ पतन समेत गराइएको उजुरीमा आरोप छ । प्रहरीमा जबरजस्ती करणी मुद्दा दायर भएसँगै फरार भएका साहले धनुषा प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन ।


























