दलाई लामाको दैलोमा गोसाइँकुण्डका अध्यक्ष

उत्तरी छिमेकी मुलुकसँग सीमाना जोडिएको जिल्ला रसुवाको एक पालिकाका अध्यक्ष तथा नेकपा एमाले रसुवाका उपाध्यक्षका गतिविधि शंकास्पद् देखिएको छ ।चीन विरोधी गतिविधि गरिरहेका धार्मिक नेता दलाई लामाको शरणमा रसुवा जिल्ला गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ पुगेसँगै अहिले उनका गतिविधिको आलोचना हुन थालेको हो ।

बिज्ञापन

तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामा र रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष  कैसाङ नुर्पु तामाङ हालै भेटघाट गरेका हुन ।

बिज्ञापन

सामाजिक सञ्जालमार्फत तस्बिरहरू सेयर गर्दै उनले भेट्न पाएकोमा खुशी व्यक्त गरेका छन् । फेसबुकमा लेखेका छन्, ‘लामो पर्खाइपश्चात् आदरणीय दलाई लामाको दर्शन गर्ने मौका प्राप्त भो, त्यसका लागि म्याकलोडगञ्ज धर्मशालाका सम्पूर्ण लामा गुरुज्यूहरू र गुरुको टिममा रहनुहुने विशेष व्यक्तिहरू, साथै समय मिलाइदिनुहुने मेरो आदरणीय आफन्तजनलाई धेरै धेरै धन्यवाद ।’

लामासँगको भेटघाटबारे सोध्दा आक्रोशित हुँदै फोन काटे । भने, ‘यो मेरो पर्सनल कुरा हो । तपाईंलाई किन भनिरहनुप¥यो ?’ गत स्थानीय तहको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका उनी २ हजार ५ सय ६३ मतसहित विजयी भएका थिए । स्थानीय तहका जनप्रतिनिधिको विवादास्पद धर्मगुरुसँग उठबस रहेको देखिएपछि चर्को आलोचना भइरहेको छ । यस अघि रसुवा जिल्ला एमालेका उपसचिव रहेका उनी अहिले रसुवा एमालेको उपाध्यक्षको भूमिकामा छन् ।

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भेरी अस्पतालको अनुगमन: उपकरण व्यवस्थापन र सुदृढीकरणमा सहयोग गर्ने मन्त्रीको प्रतिवद्धता

निर्वाचनका बेला ६ दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्रीलाई ज्ञापन

भन्सार मौन, राजनीति लम्पसार: मालपानीहरूले चलाएको अर्ब–खर्बको खेल

नवलपरासी प्रशासनले रोक्यो रवि लामिछानेको चुनावी कार्यक्रम

अदालतको आदेश अटेर गर्ने मालपोत प्रमुखलाई जेल सजाय

क्रोनी क्यापिटलिज्म

१० प्रतिशत कमिसनको कुरा बाहिरिएपछि सडकमा खैलाबैला

जाँचबुझ आयोगको प्रतिवेदन चुनाव अगाडि नआउने

बिशेष