सचिव,विभागीय प्रमुख र कर्मचारीसँग गृहमन्त्रीको असन्तृष्टि

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मातहतका सचिव तथा विभागीय प्रमुख,कर्मचारीसँग असन्तुष्टी पोखेका छन् । कोशी प्रदेशको विराटनगरमा आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी प्रदेशस्तरीय छलफल तथा अन्तरक्रियामा कार्यक्रममा उनले मातहतका सचिव तथा विभागीय प्रमुख,कर्मचारीहरुलाई चेतावनी दिँदै अधिकार प्रयोग नगर्ने कर्मचारीप्रति आफू कठोर हुने बताएका हुन । कर्मचारीहरुमा अधिकार प्रयोगमा हिचकिचाउने र जिम्मेवारी पन्छाउने प्रवृत्ति बढेको भन्दै यस्ता कर्मचारी उपर आफू कठोर हुने चेतावनी दिएका हुन ।

बिज्ञापन

बिहान उक्त कार्यक्रममा भाग लिनका लागि मातहतकासचिवसहित सचिवसहित विभागीय कर्मचारी छुट्टै विमानमा आफू छुट्टै विमानमा उडेर त्यता पुगेका लामिछानेले कर्मचारीहरुलाई चेतावनी दिएका हुन । उक्त कार्यक्रममा भाग लिन गृहसचिव एकनारायण अर्यालको नेतृत्वमा १५ सदस्यीय टोली बिहान ७ बजे त्रिभुवन विमानस्थलबाट उडेको थियो । राजश्व सचिव डा।रामप्रसाद घिमिरे, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, सेनाका रथी अशोकराज सिग्देलसहित १५ जनाको टोली उक्त हेलिकोप्टरमा विराटनगर गएको थियो ।सचिव,विभागीय प्रमुख फरक र गृहमन्त्री फरक उडानबाट उक्त कार्यक्रममा जानुको पछाडि पछिल्लो समय सचिवसँगै उनको असन्तृष्टि बढेको रुपमा गृहकै कर्मचारीहरुले अर्थ्याएका छन् ।

बिज्ञापन

सो कार्यक्रममा राजस्व चुहावट र अवैध ओसार–पसार नियन्त्रणमा देखिने गरी काम गर्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका हुन । भन्सारमा कसरी अवैध काम भइरहेको छ ? गैर–व्यवसायिक काममा को–को संलग्न छन् ? उनीहरु कानूनको कुन कमजोर पक्षको फाइदा उठाइरहेको छन् ? सबै कुरा जान्दा–जान्दै पनि गलत क्रियाकलाप नियन्त्रण गर्न नसक्नुबारे गम्भीर समीक्षा गरेर सुधारका कार्ययोजना बनाउनुस्।’ जिल्लामा अवैध गतिविधि भइरहने तर नियन्त्रणको कानूनी अधिकार भएका सुरक्षा अधिकारीहरु त्यसैलाई टुलुटुलु हेरिरहने प्रवृत्ति स्वीकार्य नहुने भन्दै मन्त्री लामिछानेले अधिकार प्रयोगमा हिचकिचाउने र जिम्मेवारी पन्छाउने कर्मचारीविरुद्ध कठोर हुने चेतावनी दिएका छन्।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीकै लहडले ठेक्का तोडिन्छ : रवि सिंह

संकटको समयमा सडकका सारथि

फेरिदैं छ काठमाडौं सडकको रुपरङ्ग

आगामी आर्थिक बर्षका लागि १९ अर्बको बजेट सिलिङ

लिबिया: राजनीतिक अशान्ति, अमेरिकी प्रभुत्व, तेल राजनीति र उत्तर–अफ्रिकी भू–राजनीतिक परिदृश्य

११ जिल्लाको निर्वाचन गराउने जिम्मा महिलाको काँधमा,मुस्ताङमा सिडियो र डिएसपी नै महिला

सचिव घिमिरे अनिवार्य अवकाशमा,चालु आवमा घर जाँदैछन् यी पाँच सचिव

एमालेका संविधानसभा सदस्य तथा रसुवा अध्यक्ष जनार्दन ढकाल कांग्रेस प्रवेश, रुखमा मतदानको अपिल

बिशेष