सहकर्मी माथि हातपात गर्ने काँग्रेसी कर्मचारी नेता निलम्बित

सहकर्मीलाई हात पात गर्ने कर्मचारी नेता निलम्बनमा परेका छन् । अस्ति शनिवार निगमको सरसफाइ शाखाका हाकिम कर्मचारी ट्रेड युनियनका नेताबाट कुटिएका थिए । एउटा महिला कर्मचारीलाई नाइट सिफट्मा नियुक्ति र अतिरिक्त भत्ताको व्यवस्था गर्न नमान्दा कर्मचारीका नेताले विमानस्थलको आन्तरिक टर्मिनलको भीभीआईपी कक्ष अगाडिको निगमको कार्यालयमा सफाइ शाखाका प्रमुख श्यामकृष्ण पालिखेमाथि हातपात गरेका थिए ।

बिज्ञापन

यसरी आफ्नै सहकर्मीमाथि जाइलाग्ने कर्मचारी नेता हुन, मानबहादुर कुँवर। उनी नेपाली कांग्रेसनिकट नेपाल वायुसेवा निगम कर्मचारी संघ केन्द्रीय कार्य समितिका अध्यक्ष हुन्।  कुँवरले एक जना कर्मचारीलाई रात्रिकालीन ड्युटी मिलाइदिन र त्यसवापत ओभरटाइमको भत्ता पनि व्यवस्था गरिदिन सिफारिस गरे। यही बिषयमा तीन महिनादेखि नै उनले दबाब दिँदै आएका थिए । १९ जेठमा पनि  त्यही माग लिएर पालिखेको कार्यकक्षमा पुगेका थिए । तर पालिखे महिलालाई रात्रीकालीन सत्रमा नराख्ने बताइरहेपछि कुँवरले पालिखेमाथि हातपात गरेका थिए । उनै कुँवरले पालिखेमाथि हातपात गरेसँगै उनी तीन महिनाका लागि निलम्बनमा परेका हुन । जेठ २० मा निगम व्यवस्थापनले कुँवरलाई छानबिन नसकुन्जेल अधिकतम तीन महिनासम्मका लागि निलम्बन गरेको हो ।

बिज्ञापन

निगम मानव संशाधन विभागका कामु निर्देशक अशोक सिग्देलद्वारा हस्ताक्षरित उक्त पत्रमा ‘नेपाल वायुसेवा निगमका कर्मचारीहरूको सेवा, सर्त सम्बन्धी विनियमावली, २०५८ विपरीत कार्यहरू सम्बन्धमा कुँवर उपर छानबिन गर्नुपर्ने भएको हुँदा ग्राउन्ड सपोर्ट विभागको पत्रबाट जानकारी भएकाले छानबिन समाप्त नहुन्जेल वा बढीमा तीन महिनाका लागि निलम्बन गर्ने निर्णय भएको छ’ उल्लेख छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष