पियनमाथि नक्कली सर्टिफिकेटको मुद्धा,विशेषले तिरायो ३ हजार जरिवाना

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज काठमाडौंँका तत्कालीन मुख्य प्राविधिक सहायक पदमा कार्यरत राजाराम भण्डारीलाई तीन हजार जरिवानाको फैसला भएको छ । भण्डारीको एस एल सी तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्धामा विशेषका न्यायधीशहरुले उनलाई तीन हजार जरिवानाको फैसला सुनाएको हुन ।

बिज्ञापन

भण्डारीले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा मिति २०५४/०५/१७ बाट ल्याव व्वाई पदमा स्थायी नियुक्ति लिएका भण्डारी ०६९/०७/२४ मा वरिष्ठ ल्याव व्वाई पदमा बढुवा हुने प्रयोजनका लागि माध्यमिक शिक्षा परिषद्, उत्तरप्रदेशबाट हाईस्कूल तह उत्तीर्ण गरेको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी कार्यरत रही लाभसमेत लिएको देखिएसँगै अख्तियारले उनीविरुद्ध मुद्धा चलाएको थियो ।

बिज्ञापन

उनलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको कसुरमा साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिई मुद्धा दायर गरिएकोमा विशेष अदालत काठमाडौंका न्यायाधीशत्र्य डा।​ खुशीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई शुक्रबार ३ हजार रुपैयाँको फैसला गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कीर्ते कागजातको भरमा नियुक्ति,सचिव र मन्त्री नै तानिने भएपछि सरकारको तर्फबाट चलाखी

मेयरका स्वकीयबाट कार्यकक्षमै कुटिए प्रमुख प्रशासकीय अधिकृत,सुरक्षाको प्रत्याभुत नभएसम्म सबै सेवा ठप्प

पाँच दिन पछि खुल्यो पालिका अध्यक्ष र प्रशासकीय अधिकृतको कार्यकक्षको ताला

१८ सचिवसहित २२११ कर्मचारीले पाउँदैछन् यही आर्थिक बर्षमा अवकाश

आयोजना सम्पन्न नहुञ्जेल प्रमुखको सरुवा नगर्न अर्थ मन्त्रालयको परिपत्र

धमाधम हटाइँदै करारका कर्मचारी

प्रशासकीय अधिकृतले आफैंलाई बढुवा गरेपछि…

रसुवागढी नाकामा अस्थायी पुल बनाउने चीनको प्रतिबद्धता, दसैंअघि निर्माण हुने अपेक्षा

बिशेष